तारा एयरलाइन्सको ट्विनअटर विमानले काठमाण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

तारा एयरलाइन्सको ट्विनअटर विमानले काठमाण"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङको बलेवा विमानस्थलमा व्यावसायिक उडान शुरु

९ चैत्र २०७४, शुक्रबार १२:३७

रामबहादुर थापा/चैत ९, बागलुङ | बन्द भएको २६ वर्षपछि यहाँस्थित बलेवा विमानस्थल आजदेखि नियमित सञ्चालनमा आएको छ । 


तारा एयरलाइन्सको ट्विनअटर विमानले काठमाण्डौ–बागलुङ पहिलो व्यावसायिक उडान गरेको हो । पन्ध्र यात्रु बाकेर काठमाण्डौबाट उडेको विमान ३८ मिनेटमा बलेवा विमानस्थलमा अवतरण गरेको थियो । विसं २०४८ पछि पहिलो पटक यात्रुसहित ओर्लेको विमान हेर्न सयौंँको भीड लागेको थियो । 

बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्कासहित जनप्रतिनिधि र स्थानीयवासीले बाजागाजासहित यात्रुको स्वागत गरेका थिए । विमान चालक सञ्जीव श्रेष्ठले विमान उडाउँदा सहज र रमाइलो अनुभव भएको बताउनुभयो । “नियमित उडानका लागि विमानस्थल ठीक छ”, उहाँले भन्नुभयो, ‘मौसम पनि राम्रो भएकाले उडान रमाइलो रह्यो ।” यसअघि सोमबारको परीक्षण उडान पनि श्रेष्ठलगायतको चालक टोलीले गरेको थियो । विमानस्थल नियमित सञ्चालन गर्न कुनै प्राविधिक समस्या नरहेको उहाँको भनाइ छ । 

पहिलो उडानमा यात्रा गर्नुभएका बागलुङ नगरपालिका–३ का ८० वर्षीय कृष्णप्रसाद सापकोटाले खुशी व्यक्त गर्दै भन्नुभयो, “उपचारको लागि काठमाडौं गएको थिएँ, आज एकै छिनमा जहाज चढेर घर फर्कन पाइयो ।” 

बन्द भएर जीर्ण विमानस्थल चल्नु ठूलो उपलब्धि भएको बताउँदै नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयका प्रबन्धक इमनाथ अधिकारीले तत्कालका लागि सामान्य मर्मत सुधार गरेर विमानस्थल सञ्चालनमा ल्याइएको उल्लेख गर्नुभयो । 

विमानस्थलको भौतिक पूर्वाधारको अवस्था पनि कमजोर अवस्थामा रहेको उहाँको भनाइ छ । अबदेखि साताको दुई पटक नियमित रुपमा काठमाडौं–बागलुङ उडान हुने जनाइएको छ । दोस्रो व्यावसायिक उडान यही चैत १५ गते नेपाल एयरलाइन्सको विमानले गर्ने भएको छ । नागरिक उड्ययन प्राधिकरण, विमान कम्पनी र बागलुङ नगरपालिकाबीच सातामा दुई उडान गर्ने सहमति यसअघि नै भएको थियो । 

हरेक आइतबार तारा एयरलाइन्स र बिहीबार नेपाल एयरलाइन्सको विमानले उडान गर्ने नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । “विमानस्थल सञ्चालनमा आएको छ, यसको निरन्तरताका लागि सबै पक्षको सहयोगको खाँचो छ”, प्रमुख पौडेलले भन्नुभयो । 

उन्नाइस सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए नगरपालिकाले भार व्यहोर्ने भएको छ । यात्रुको सुनिश्चितता र विमान कम्पनीको व्यवसाय प्रवद्र्धनमा नगरपालिकाले सघाउने प्रमुख पौडेलले बताउनुभयो । विसं २०४८ मा बन्द विमानस्थल पछिल्लो समय गौचरणमा परिणत भएको थियो । मर्मतसम्भार र पूर्वाधार तयारीपछि विमानस्थल सञ्चालनको वातावरण बनेको हो । विसं २०२२ मा निर्मित विमानस्थल बागलुङ–पोखरा सडक मार्ग बनेपछि बन्द भएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड