२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

ललितपुरको स्थानीय निकायमा शिक्षाका कर्मचारी गएनन्

२०७४, ११ चैत्र आईतवार १२:२८

चैत ११, ललितपुर | शिक्षाका अधिकांश कार्यक्रम स्थानीय निकायको जिम्मेवारीमा गइसके पनि जिल्लाका स्थानीय निकायमा शिक्षाका कर्मचारी गएका छैनन् । 

शिक्षाका कर्मचारी नजाँदा स्थानीय निकायमा काम अघि बढाउन अन्योल रहेको सहायक जिल्ला शिक्षा अधिकारी खेम पोखरेलले बताउनुभयो । जिल्लामा एउटा महानगरपालिका, दुईवटा नगरपालिका र तीनवटा गाउँपालिका गरी छवटा तह छन् । सबैभन्दा बढी विद्यालय भएको ललितपुर महानगरपालिकामा अघिल्लो वर्ष एक उपसचिव, तीन अधिकृत र चारजना स्रोत व्यक्ति गएका थिए । उहाँ भन्नुहुन्छ, “तीमध्ये उपसचिव फिर्ता भएको र अधिकृतलाई हाजिर गराएनन् ।” 

गोदावरी नगरपालिकामा एकजना अधिकृत र तीनजना स्रोत व्यक्ति गएको पोखरेलले बताउनुभयो । महालक्ष्मी नगरपालिकामा एकजना स्रोत व्यक्ति गएका छन् । कोञ्जेसोम, वाग्मती र महाँकाल गाउँपालिकामा एकजना पनि शिक्षाका कर्मचारी छैनन् । उहाँ भन्नुहुन्छ, “एक त कतिमा कर्मचारी नै छैनन् भने गएका पनि फर्किएका छन् ।” शिक्षाका कर्मचारी नहुँदा शिक्षाको बजेट अरुमा नै खर्च हुन थालेको छ । 

शिक्षाका कर्मचारी समायोजन प्रक्रियामा असहमत हुँदा स्थानीय निकायमा नगएका हुन् । गएका कर्मचारीसमेत काम गर्ने वातावरण नहुँदा फर्किएको पोखरेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बस्ने कोठा वा कुर्सीसमेत स्थानीय निकायले व्यवस्था गरेका छैनन् ।” 

अहिले जिल्ला शिक्षा कार्यालयले द्वन्द्वपीडित विद्यार्थीलाई छात्रवृत्ति, पुस्तकालय, प्रयोगशालालगायतका थोरै कार्यक्रममात्रै सञ्चालन गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ