Skip to content
Friday, July 17, 2026 Nepali Online Media

राजपा नेताद्वारा सरुवा गराउँछु भनेर यौन शोषण !

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत १२, धनुषा । राजपा नेताले सरुवा गराउँछु भनेर यौन शोषण गरेको एक स्वास्थ्यकर्मी महिलाले आरोप लगाएकी छन् ।

यसरी आरोप लगाउने निशाले झा हुन् । उनी धनुषाको बनिनियाँ हेल्थपोष्टमा कार्यरत स्वास्थ्यकर्मी पनि हुन् । उनको आरोप अनुसार राजपाका नेता रमन सिंहले सरुवा गराइदिन्छु भन्दै आफूलाई शारीरिक शोषण गर्नुका साथै रकम समेत लिएर भागेका थिए ।

नेता सिंहले यौन शोषण गर्नु अघि ठगीको आरोपमा निशा जेल परेकी थिइन् । जेलबाट छुटेपछि पूर्व चिनजान भएका रमनले राजपा नेता राजेन्द्र महतोलाई भेटाउँछु भन्दै काठमाडौं ल्याएको भन्दै उनले भनिन्, ‘त्यसपछि उनले दुर्व्यहार र शोषण गरे ।’  निशाको अनुसार सिंहले राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको निवासमा तीन पटक लगेर भेट समेत गराएका थिए । महतोले सरुवा मिलाईदिने आश्वासन दिएको र एक महिना पछि आउनु भनेको ति महिलाले उल्लेख गरेकी छन् ।

निशा झाको दाबी अनुसार राजपा केन्द्रीय सदस्य रमन सिंहले प्रलोभन देखाएर यौन शोषण गरेका हुन् । नेता रमनले आफ्नो सञ्चयकोषमा भएको रकम समेत लगेको उनको दाबी छ । तर, रमन सिंहले भने निशाले महतोलाई भेटेर सरुवाबारे कुरा गरेको भएपनि आफूले नलगेको दाबी गरेका छन् । निशा र रमनले एक अर्काविरुद्ध धनुषा प्रहरीमा उजुरी दिएका छन् । निशाले ६ लाख लगेर ठगेको भन्दै रमनले जिल्ला प्रहरी कार्यालयमा उजुरी पनि दिएका छन् भने निशाले 'सरुवा गराउँछु' भनेर यौन शोषण गर्नुका साथै रकम लिएको दाबी गर्दै प्रहरीमा उजुरी दिएकी छन् ।