२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सेतुलीमाया शाक्य स्मृति बृत्ति तथा सम्मान सहारा एकेडेमीलाई

२०७२, २ माघ शनिबार ११:४३

सन्देश श्रेष्ठ । माघ २, पोखरा । आमा सेतुलीमाया शाक्य स्मृति वृत्ति तथा सम्मान यस वर्ष सहारा एकेडेमीलाई अर्पण गरिने भएको छ । सिद्धि–सेतुली स्मृति प्रतिष्ठान, पोखराले प्रत्येक २÷२ वर्षमा प्रदान गर्ने १ लाख राशीको उक्त पुरस्कारबाट सहारा क्लव पोखराद्वारा सञ्चालित सहारा एकेडेमीलाई अर्पण गर्ने निर्णय भएको समितिको शनिबार पोखरामा आयोजित साधारण सभामा सार्वजनिक गरेको हो ।

गरिब तथा असहायः बालकहरुलाई एकेडेमीमा संरक्षण दिएर उनीहरुको शिक्षा, स्वास्थ्य र खेलकुदको प्रशिक्षणको व्यवस्था गरेर समाजमा उदाहरणीय बन्नुका साथै खेल तथा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान गर्ने निर्णय भएको समितिका अध्यक्ष नारायण कार्कीले जानकारी दिए । सम्मानित हुने संस्था सहारा एकेडेमी २०५५ सालमा स्थापित सहारा क्लवद्वारा सञ्चालित संस्था हो । सो एकेडेमी २०५८ सालदेखी सञ्चालन हुँदै आएको छ भने एकेडेमीले गरिब तथा असहायः वालकहरु राखेर शिक्षा, स्वास्थ्य र खेलकुद प्रशिक्षणको व्यवस्था गर्दै आएको छ । एकेडेमीमा हाल २६ वालकहरु रहेका छन् भने ४ जना वालकहरु खोजि गरिरहेको छ । राष्ट्रिय फुटवल टिमका क्याप्टेन अनिल गुरुङ सहारा एकेडेमीकै उत्पादन हो ।

समितिका सदस्य नरेन्द्रमान लालचनको संयोजकत्वमा बनेको पाँच सदस्यीय छनौट समितिले गरेको सिफारिस समितिको पूर्ण वैठकले पारित गरेको उनले बताए । छनौट समितिका सदस्यहरुमा पत्रकार दीपेन्द्र श्रेष्ठ, कल्याण पन्त, समितिका अध्यक्ष नारायण कार्की र सचिव पशुपति श्रेष्ठ पदेन सदस्यका रुपमा रहेका थिए ।

वृत्ति तथा सम्मान आमा सेतुली माया शाक्यको सातौं वार्षिकीको अवसरमा आउँदो माघ ७ गते पोखराको बास्तोलाथरस्थित पोखरा पार्टी प्यालेसमा गरिने समितिका अध्यक्ष कार्कीले जानकारी दिए ।

असहायः महिलाहरुका लागि सीपमूलक कार्यक्रम, आर्थिक विपन्न वालवालिकाका निम्ति शैक्षिक वातावरण र परित्यक्त वृद्धवृद्धाहरुको भरणपोषणजस्ता लोककल्याणकारी कार्यमा समर्पित व्यक्ति वा संस्थालाइ सम्मान गरिदै आएको छ । २०६३ माघ ७ गते आमा सेतुलीमाया शाक्यको देहावसानपछि उनका कान्छा छोरा, पोखराका वरिष्ठ फोटो पत्रकार तथा साहित्यकार विश्वरत्न शाक्यको सक्रियतामा प्रारम्भिक अवस्थामा रु दश लाखको अक्षयकोष स्थापना गरी यस सम्मान तथा पुरस्कारको व्यवस्था गरिएको हो । अहिले अक्षयकोष रु १६ लाख पु¥याइएको छ ।

प्रतिष्ठानले आर्थिक अभाव खेपिरहेका असहाय बालबालिकाहरुको समुचित पठनपाठनका लागि गत ३ वर्षदेखि वालहित कोष स्थापना गरी ५० भन्दा बढी बालबालिकाका लागि वार्षिक रु ३ लाखभन्दा बढी रकम छात्रवृत्ति उपलब्ध गराउँदै आइरहेको छ । आमा सेतुलीमाया शाक्य स्मृति ‘वृत्ति तथा सम्मान’द्वारा यसभन्दा अगाडि एच.आई.भी. सङ्क्रमितहरुको संस्था आँकुरा एकल तथा संक्रमित महिला समूहकी अध्यक्ष एच.आई.भी.सङ्क्रमित श्रीमती लक्ष्मी अधिकारी, वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी काठमाडौँकी संस्थापक दिलशोभा श्रेष्ठ र लमजुङको बेशीसहरस्थित आदर्श महिला तथा बालविकास केन्द्रलाई सम्मान गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म