२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विद्यालयमा गरे विद्याथीे तालाबन्दी, राजनीतिक हस्तक्षेपका कार–ण शिक्षक नियुक्ति हुन सकेन

४ माघ २०७२, सोमबार ११:१३

माघ ४, पर्वत । विद्यालयमा शिक्षक नियुक्त नभएको र पढनपाठन ठप्प भएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका छन् । सार्वजानिक माध्यामिक विद्यालय कुनपा १८ कटुवाचौपारीका विद्यार्थीले तालाबन्दी गरेका हुन् ।

विद्यालयमा शिक्षक नियुक्ति गर्ने विषयमा राजनीतिक खिचातानी भएका कारण शिक्षक नियुक्ति हुन नसकेपछि विद्यार्थीले ताला लगाएका हुन् । सोमबार विद्यालयमा विद्यार्थीले तालाबन्दी गरेका थिए ।

एनेकपा माओवादीले दिपक लामिछानेलाई र नेपाली काँग्रेसले इन्द्र अधिकारीलाई विद्यालयमा नियुक्ति गर्न दबाब दिएपछि विद्यालयमा पठनपाठन ठप्प भएको हो । विद्यालयमा निमावी तहको अंग्रेजी शिक्षक नियुक्ति गर्नको लागि जिल्ला शिक्षा कार्यालयले अनुमति दिएता पनि राजनीतिक अबरोधका कारण शिक्षक नियुक्ति हुन नसकेको हो ।

शिक्षक नियुक्ति हुन नसकेका कारण विद्यालयमा पठनपाठन ठप्प भएको भन्दै विद्यार्थीले ताला लगाएका हुन् । विद्यालयका प्रधानाध्यापक चन्द्रशेखर उपाध्यायले विद्यालय व्यवस्थापन समितिका अध्यक्षले शिक्षक नियुक्तिमा ध्यान नदिएका कारण यस्तो समस्या पैदा भएको बताए ।

“पौष १६ गते बसेको बैठकले शिक्षक नियुक्ति गर्ने विषयमा निर्णय गरेको र त्यसलाई बैधानिकता दिनका लागि पुन बैठक बस्न भनिएता पनि विव्यसका अध्यक्ष हरिचन्द्र अधिकारीले शिक्षक नियुक्तिलाई गम्भीरताका साथ नलिएका कारण शिक्षक नियुक्ति हुन सकेन” उनले भने । विव्यसका अध्यक्षले शिक्षक नियुक्तिको विषयलाई गम्भीरताका साथ लिएन, बैठक बोलाउनका लागि पटक पटक खबर गर्दा पनि कहिले कुन काम त काहिले कुन काम भन्दै अध्यक्षले गैरजिम्मेवारी देखाएको आरोप लगाए ।

विव्यसका अध्यक्षको गैरजिम्मेवारीका कारण बैठक हुन नसकेको र शिक्षक नियुक्तिमा ढिलाई भएका कारण विद्यार्थीले तालाबन्दी गरेको उनले बताए । विव्यसका अध्यक्षलाई टेलिफोनबाट सम्पर्क गर्न खोज्दा उनको फोन अफ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य