२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ईन्धन आपूर्ति सहज बनेपनि सार्वजनिक यातायातको भाडामा ब्रह्मलुट कायमै

५ माघ २०७२, मंगलवार ०५:१६

माघ ५, पर्वत । भारतले लगाएको नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनका कारण पहाडी जिल्लामा इन्धनको अभाव कायमै छ । नाकाबन्दीका कारण सहजरुपमा नाकाबाट इन्धन भित्रिन नसक्दा पहाडी चिल्लामा इन्धनको चरम अभाव परेको थियो । पछिल्लो सयमा मोर्चाको आन्दोलन मत्थर हुदै गएपछि र नाकामा मोर्चाका कार्यकर्ता आन्दोलनका लागि जान छाडेपछि केहि हदमा इन्धन पहिलेको तुलनामा बढीनै भित्रिएको छ ।

पर्वत जिल्लामा पछिल्लो समयमा खाना पकाउने ग्यास धेरैनै भित्रियो तर जिल्ला प्रशासन कार्यालय र उद्योग बाणिज्य संघकै मिलोमतोमा आफ्ना आसेपासे र राजनीतिक दललाई वितरण गरियो । राजनीतिक दल र आफ्ना आसेपासेलाई मात्रै जिल्ला प्रशासनले ग्यास वितरण गरेको बजारमा चर्चा चलेपछि सुत्केरी, एकल महिला, जेष्ठ नागरिक पनि जिल्ला प्रशासनमा पुगे ।

पछिल्लो समयमा यीनीहरुलाई पनि प्रशासनले ग्यास वितरण गरेको खुलेको छ । जिल्ला प्रशासनले सरकारी कर्मचारीलाई भन्दै पहिले ८७ वटा ग्यास राखेका कारण पछिल्लो पटक उवासंघले पनि ग्यास लुकाएको चर्चा छ । जिल्लामा पुसको अन्तिम साताबाट ग्यास वितरण रोकिएको छ तर सोमबार मात्रै शसस्त्र प्रहरी बल बडगाउँले कम्तिमा २० वटा ग्यासका सिलिण्डर बडागाउँ लगेको थियो । विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा विभिन्न संघसंस्थाका कर्मचारीले पनि ग्यास लगेको लगै छन् तर असाय, गरिब, दलित, अपाङ्ग, एकल महिला, जनजाति, आदीबासीले पाउनको लागि मुश्किल छ ।

युवासंघ पर्वतमा जिल्लामा नाकाबन्दीपछि ११ सय वटा आधा ग्यासका सिलिण्डर भित्रिएको र सवै उपभोक्तालाई कुपन सिस्टमबाट वितरण गरेको बताएको छ तर कुनकुन कुपन नंब्बर र नागरिकता नब्बर भएकोले लगे त्यो भने सार्वजानिक गर्न सकेको छैन ।

पुसको अन्तिम साता देखि जिल्लामा ग्यास वितरण गरिएको छैन तर पनि अझै केहि व्यक्तिले ग्यास ओसारपोसार गरेको भने देखिन्छ जसका कारण पनि ग्यास वितरणमा अनियमिता भएको हो की भन्ने देखिएको छ । जिल्लामा रहेका एनजिओ, आइएनजिओका कर्मचारीले पनि जिल्ला प्रशासनबाट ग्यास लगेको भन्ने स्वीकार गरेका छन् ।

जसका कारण पनि जिल्ला प्रशासन कार्यालय पर्वतबाट आसेपासे र राजनीतिक आडमा ग्यास अझै पनि वितरण भैरहेको छ की भन्ने देखिएको छ । युवासंघ पर्वतको ३३ औ साधरणसभामा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जिल्लामा आफ्नो र उवासंघको पहलमा इन्धन भित्राएको र वितरण गरेको बताए । उनले उक्त कार्यक्रममा उपभोक्तालाई कुपनका आधारमा सवै ग्यास वितरण गरेको दाबी गरे । तर जिल्लामा भित्रिएका ग्यासका सिलिण्डर सवै वितरण नभएको र जिल्ला प्रशासन कार्याल र उवासंघले आफ्नै आसेपासेलाई दिएको सर्वसाधरणको आरोप छ । जिल्लामा भित्रिएका ग्यास ठूलाबडा र आसेपासे तथा राजनीतिक सिफारिसमा वितरण हुने गरेको उपभोक्ताको गुनासो छ ।

जिल्लामा पछिल्लो समयमा ग्यास भित्रिएको छ वा छैन त्यसको यकिन छैन तर पछिल्लो समयमा ग्यास वितरण रोकिएको छ । उवासंघले पहिलो पटक मात्रै कुपनबाट ७० हजार भन्दा बढी राजश्व संकलन गरेको थियो ३५ सय उपभोक्ताबाट र पछिल्लो समयमा कुपन खुल्ला गरेको उवबासंघले कति राजश्व संकलन भयो र कति उपभोक्ता थपिए त्यो पनि सार्वजानिक गर्न सकेको छैन । यता सवारी साधनको ईन्धन वितरण सहज बन्न थालेपनि धौलागिरी अन्चलमा सार्वजनिक यातायातको भाडादरमा कायम रहेको ब्रह्मलुट रोकिएको छैन । सम्बन्धित निकायको वेवास्ता र अनुगमनको कमीका कारण इन्धन अभाव भएको र कालोबजारीको महँगो ईन्धनले काम चलाउनुपरेको भन्दै ब्यवसायीले आफुखुसी भाडा लिदा यात्रुहरु ठगिएको ठगिऐ छन् । तर सम्बन्धी निकाय कानमा तेल हालेर बसेको छ । जिल्लाभित्र चल्ने लामो तथा छोटो दुरीका बस, जिप, ट्याक्सी, माइक्रोबसले २० देखि तीन सय रुपैया सम्म बढी भाडा लिईरहेका छन् । यता बेनी–काठमाडौ र बेनी पोखरा रुटका एसी डिलक्स बस र जिपले तोकिएको भन्दा एक सय रुपैया बढी भाडा लिएका छन् । बेनी–काठमाडौ माईक्रोबसको भाडादर प्रतियात्रु सात सय रुपैया भएपनि हाल ९०० रुपैया तिर्नुपर्छ । यसैगरी बेनी घाँसा रुटमा ९० र बेनी दरवाङ रुटमा ५० रुपैया बढी भाडा लिने गरिएको छ । जिल्ला भित्र र बाहीरका रुटमा चल्ने ट्याक्सीले पनि तोकीएको भन्दा बढी भाडा लिएका छन् ।

म्याग्दी जिप तथा बस सञ्चालक समितिका निरिक्षक पदम छन्त्यालले पम्पबाट दिइने डिजेल पर्याप्त नहुने भएकाले कालोबजारीको डिजेल प्रयोग गर्नुपर्दा तोकीएको भन्दा बढी भाडा लिनुपरेको दावी गरे । म्याग्दी जिल्लाभित्र चल्ने सवारी साधनहरुलाई स्थानीय प्रशासनले गन्तब्यमा पुगेर फर्कन पुग्ने ईन्धन उपलब्ध गराएको छ ।

ईन्धन वितरण सहज हुदै गएकाले पहिलेको तुलनामा भाडादर घटाएको र पूर्ण रुपमा सहज हुनेवित्तिकै पहिलेकै भाडादर कायम गर्ने म्याग्दीकाली यातायात ब्यवसायी समितिका कर्मचारी मानबहादुर कार्कीले बताए । म्याग्दीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले सर्वाजनिक यातायातको भाडादर समायोजन गर्न यातायात ब्यवसायीहरुसंग बैठक बस्ने तयारी गरेको जानकारी दिदै एक हप्ता भित्र अनुगमन र भाडा समायोजनको काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने