पढ्न करिब 1 मिनेट लाग्छ

चैत १५, धनुषा | धनुषामा गएराति एक १३ वर्षीया बालिका सामूहिक बलात्कृत भएकी छिन् ।

यदुकोहा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवन झाका अनुसार बुधबार राति घरमा कोही नभएको मौका छोपी सहिदनगर नगरपालिका– ८ बिसरभोरा बस्ने ३२ वर्षीय भुट्टाई भनिने मनोज नरसरिया र ३० वर्षीय दीपेश बिराजीले बालिका बलात्कार गरेका हुन् ।

आरोपीद्वयले बालिकाका आमाबुबा बाहिर गएको मौका छोपी बालिकालाई हात मुख बाँधेर अपहरण शैलीमा घर भन्दा एक किलोमिटर पर खेतमा लगेर पालैपालो बलात्कार गरेको पीडित बालिकाले बताएकी छिन् । बलात्कार पछि सो घटनाको भिडियो समेत खिचेर कसैलाई भने ज्यान मार्ने धम्की समेत दिएको उनको गुनासो थियो ।

पीडित बालिकालाई स्वास्थ्य परीक्षण तथा उपचारका लागि इलाका प्रहरी कार्यालयले जनकपुर अञ्चल अस्पताल पठाएको छ भने घटनामा संलग्न फरार दुबै अभियुक्तको खोजतलास भइरहेको प्रहरी निरीक्षक पवन झाले बताउनुभयो । रासस