१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जिल्लामा दादुरा रुवेला खोप अभियान शुरु हुँदै

१६ माघ २०७२, शनिबार ०८:०९

माघ १६, पर्बत । जिल्लामा दादुरा रुवेला विरुद्धको खोप अभियान शुरु हुँदैछ । जिल्लामा रहेका ९ महिना देखि ५ बर्ष सम्मका बालबालिकाहरुलाई दादुरा र रुवेला खोप तथा जन्मे देखि ५ बर्ष सम्मका बालबालिकालाई पोलियो थोपा खुवाउने अभियानको शुरु हुन लागेको शुक्रवार जिल्ला स्वास्थ्य केन्द्रले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

जिल्लामा रहेका करिब १२ हजार ६ सय ८१ जना बालबालिकालाई दादुरा तथा रुवेला र पोलियो थोपा खुवाउने लक्ष्यका साथ अभियानको शुरु गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भवानी शर्माले जानकारी दिए । जिल्लामा रहेका कुल बालबालिका मध्ये १२ प्रतिशत बालबालिका अझै दादुरा खोप लिन बाट बञ्चित भएको र जिल्लामा दादुरा रोगको निवारण गर्नको लागि यो अभियान संचालन गर्न लागिएको शर्माको भनाई छ । यो अभियान माघ २४ गते देखि फागुन १३ गतेसम्म दुइ चरणमा संचालन हुने कार्यालयले जनाएको छ ।

पहिलो चरणमा अभियान अन्तरगत माघ २४ गतेदेखि फागुन ३ गते सम्म मल्लाज ,. बासँखक, धाइरिङ , शालिजा, लेखफाँट , पाङ, बनौं, खुर्कोट, नाङलीवाङ् , दुर्लूंङ, बाजुङ , क्याङ, तिलाहार, चुवा , देउपुर, देउराली, चित्रे, आर्थर, राम्जा देउराली, पकुवा, ठूलीपोखरी, कार्किनेटा, खौलालाकुरी, पिपलटारी, शंकरपोखरी, थापाठाना , भुकताङ्ले, भंगरा, मुडिकुवा, कटुवाचौपारी, शिवालयमा संचालन हुनेछ भने दोस्रो चरणमा फागुन ४ गतेदेखि फागुन २३ गते सम्म लिमिठाना, पाङराङ , कुर्घा, देविस्थान, खानीगाउँ, ठानामौलाद, लुंखु, भोक्सिङ, बालकोट, पाखापानी, फलामखानी, होश्राङ्दी, भोर्ले, सरौखोला , हुवास, त्रिवेणी, टकलाक, बेउलीबास, उरामपोखरा, वहाँकीठाँटी, शालिग्राम, रानीपानी, बर्राचौर, बाच्छामा संचालन हुनेछ । दादुरा र रुवेला खोप अभियानको क्रममा पाँच बर्ष सम्मका बालबालिकालाई पोलियो थोपा समेत खुवाउने कार्यालयले जनाएको छ । सन् २००४ देखि संचालन भएको खोप अभियानले भूकम्पबाट प्रभावित १४ जिल्लामा आफ्ना अभियान शुरु गरिसकेको छ भने अन्य ६१ जिल्लामा पनि यो अभियान शुरु हुनेछ । कपिल्बस्तुका बालबालिका दादुरा रोगको लक्षण देखा परेपछि सरकारले दादुरा तथा रुवेला रोगको खोप लगाउने अभियाननै संचालन गरेको हो । देशभरीका ६ लाख बालबालिकालाई यो खोप प्रदान गर्ने सरकारले सोचेको छ ।

राष्ट्रिय तथ्याङक अनुसार खोप लगाएका बालबालिका ५ लाख २२ हजार बालबालिका छन् भने त्यसमा खोपबाट सुरक्षित भएका बालबालिका ४ लाख ४३ हजार ७ सय रहेको तथ्याङक छ भने खोप नलाएका बालबालिका ७८ हजार रहेका छन् । खोप लगाएर पनि सुरक्षित नभउका ७८ हजार ३ सय र सुरक्षित नभएका कुल १ लाख ५६ हजार रहेका छन् । सरदरका ६ लाख बालबालिकालाई प्रत्येक चारबर्षमा दादुरा र रुवेला खोपको पहुचमा र रोग निवारण गर्न सरकारले अभियान संचालन गरेता पनि अझै ६ लाख २५ हजार २ सय बालबालिका अझै खोपको सुविधामा आउन बाँकी देखिन्छ यो सरकारको लक्ष्य भन्दा झण्डै २५ हजार २ सयले बढी हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का