२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सरकारको टिप्पणी गर्नु युद्धमा हनिमुन मनाउनु हो: पोख्रेल

१६ माघ २०७२, शनिबार ०८:१७

माघ १६, पर्वत । 

काँग्रेस सत्ताविना बस्नै नसक्ने आरोप
नेकपा एमालेका स्थाई समिति सदस्य तथा पुर्ब संञ्चारमन्त्री शंकर पोख्रेलले यतिबेला सरकारको टिप्पणी गर्नु युद्धको बेलामा हनिमुन मनाउनु जस्तै भएको बताएका छन् । भारतीय नाकाबन्दी र मधेस आन्दोलनले देशलाई क्रसित बनाएको बेलामा सरकारको टिप्पणी गर्नु गलत भएको भन्दै यस्तो बताएका हु्न । शनिवार कुश्मामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । पत्रकार सम्मेलनमा पोख्रेलले देशमा भएको अबरोध र परिश्थितिका बाबुजूत पनि सरकारले काम गरेको बताएका छन् । उनले सरकारले काम नगरेको देखिएता पनि सरकारले कुटनीतिक रुपमा भारतीय संसदमा नेपालको विषयलाई लिएर बहस गराउन बाध्य पार्नु सरकारको कुटनीटिक सफलता भएको दाबी गरेका छन् ।

देउवा र बाबुरामकोभन्दा मन्त्रीमण्डल सानो
ओली नेतृत्वको सरकार ठूलो भयो भन्ने प्रश्नमा पोख्रेलले साना दललाई लिएर सरकार गठन गरेका कारण यस्तो भएको टिप्पणी गरे । नेपाली काङग्रेस सरकारमा भएको भए मन्त्रीमण्डल सानो हुने थियो भन्दै पोखरेलले भने ६०१ सांसद भएको अबस्थामा यो मन्त्री मण्डल ठुलो होईन ? यस भन्दा अगाडी सरकार बनाएका नेपाली काँग्रेसका शेरबहादुर देउवाको नेर्तत्वको सरकारले २०५ सांसद हुनेबेलामा ४९ जनाको मन्त्रीमण्डल बनाएको र बाबुराम भट्टराईपनि त्यहि अनुपातमा भएको भन्दै मन्त्रीमण्डल ठूलो भयो भनेर सरकारको आलोेचना गर्नुमा कुनै तुक नभएको बताए । नेपाली काँग्रेसले विपक्षमा बसी सरकारको विरोध गनर््ु र मन्त्रीमण्डलको बारेमा टिप्पणी गर्नु गलत भएको बताए ।

काँग्रेस सत्ताविना बस्नै नसक्ने आरोप
नेपाली काँग्रेस सरकारबाहिर बस्नै नसक्ने पोख्रेलले आरोप लगाएका छन् । नेपाली काँग्रेस सत्ताको सोखिन भएका कारण सरकार बाहिर बस्नै नसक्ने भन्दै काँग्रेसको अधिवेशन पश्चायत सरकारमा आउने दाबी समेत गरे । “नेपाली काँग्रेस सरकार बाहिर बस्नै सक्दैन अधिवेशन पश्चायत सरकारको अविस्वासको प्रस्ताब ल्याए ऊ सरकारमा आउँछ” पोख्रेलले भने । सरकारको आकार ठूलो हुनुमा पनि नेपाली काँग्रेसनै दोषि रहेको समेत बताए । नेपाली काँग्रेस सरकारमा गएको भए मन्त्रीमण्डल ठूलो हुने थिएन तर काँग्रेसले अरुको इशारामा खुट्टा उचाल्यो जसका कारण सरकारको आकार ठूलो भयो । काँग्रेस सरकारमा आउनासाथ सरकारको आकार पनि सानो हुने बताए ।

ओलीको बोलीमा सार्थकता छ
प्रम केपी ओलीले देशलाई एक बर्षमा लोडसेडिङ मुक्त बनाउने, हावाबाट विजुली र घरघरमा पाइपबाट ग्यास पु¥याउने योजना सुनाउँदा त्यसको आलोचना गर्नु उचित नभएको टिप्पणी गरे । देशमा चरम संकट पैदा भएको बेलामा सरकारले महोत्काक्षि योजना सार्वजानिक गर्नु तत्तकालका लागि सम्भव नभएता पनि यसमा सार्थकता भने रहेको उनले बताए । हावाबाट विजुली निकाल्नको लागि छलफल भैरहेको बताउँदै पोख्रेलले काठमाडौ उपत्यकामा रहेको ग्यासलाई घरघरमा पिाइपबाट पु¥याउन सकिने समेत बताए । उपत्यकामा रहेको ग्यासलले उपत्यकामा रहेका ३५ हजार नेपालीलाई पुग्ने भन्दै योजना अनुसार काम भए ढिलो चाडो सफल हुने उनको धारणा छ ।

सत्ताप्राप्तीका लागि मधेस आन्दोलन
मधेसमा चर्कीएको आन्दोलनको बारेमा उनले मधेसी दलहरुले सत्ताको लागि जनतालाई उचालेको आराप लगाएका छन् । मधेसी जनसमुदायको माग हक र अधिकरलाई संविधानले सम्बोधन नगरेको नभई मधेसी दलहरु सत्ताको लागि मधेसमा हिंसा फैलाउन खोजेको आरोप लगाएका हुन । मधेसी मोर्चाले देशमा मधेसी र पहाडीको नाममा आन्दोलन र हिंसा मच्चाएर देशलाई अधोगति तर्फ लैजानको लागि तत्लीन भएको समेत आरोप लगाए । मधेसमा आन्दोलनरत मोर्चा अन्तरगतका गच्छादार सरकारमा आएको बतचाउँदै अब अन्य मधेसी दलपनि सहमतिमा आउने बताए । मधेस आन्दोलनमा कुनै सार्थकता नभएका कारण आन्दोलन छिट्टै अन्त्य हुने समेत पोख्रेलले बताए ।

नाकाबन्दी चाँडै खुल्छ
भारतले लगाएको नाकाबन्दी चाँडै खुल्ने पनि बताएका छन् । प्रम ओलीको भारत भ्रमणबाट कुटनीतिक पहल हुने र चाँडै नाकाबन्दी खुल्ने बताए तर कहिले खुल्छ एकिन भने हुनले पनि भन्न सकेनन् । यता चीनबाट परिवहनमा भएको सरकारको ढिलाई नेपाल सरकारबाट नभई चीनबाटै भएको समेत उनले बताए । चीनले नेपाल र चीन विच परिवहन भारतले नाकाबन्दी लगाउने बेलामा मात्रै नभई दिर्घकालीन रुपमा सिमाना खुलाउन चाहेका कारण ढिलो भएको बताउँदै प्रमको चीन भ्रमणसँगै नाका खोलिने बताए ।

शहिद दिवसमा शहिदलाई सम्झनै सकेनन
शहिद दिवस देशैभर सरकार, राजनैतिक पार्टीहरु तथा अन्यसंघसस्थाहरुले शहिदलाई सम्भिएका छन् भने विभिन्न कार्यक्रम गरी मनाएका छन् तर पर्वतमा आएका पूर्व संचारमन्त्रीले भने सहिदको सम्झना के सहिद नामपनि लिन सकेनन् । उनले पत्रकार सम्मेलनमा लामो मन्तब्य दिए, सरकारका प्रधानमन्त्री केपी ओलीको बचाऊ गर्दै लामो तर्कहरु पनि पेश गरे तर सहिदको नाम उनले लिन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य