२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

१६ बर्षिया बालिका बलत्कारको आरोपमा नेबिसंघ सभापतिसहित ३ जना पक्राउ

१६ चैत्र २०७४, शुक्रबार ११:१५

चैत्र १६ पर्वत | पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी यूनियनका सभापति सहित ३ यूवा र एक युवती सामुहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।

विहिबार राती कुश्मा नगरपालिका ४ छमर्के घुम्तीको एक होटलमा सामुहिक बलात्कार गरेको आरोपमा नेपाल बिद्यार्थी संघबाट निर्वाचित स्ववियू सभापति शिशिर क्षेत्री सहित ३ युवा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा स्वबियु सभापति कुश्मा नगरपालिका १ पाङ सहस्रधाराका शिशिर क्षेत्री सहित, कुश्मा नगरपालिका ५ मेलमिलापचोकका सुजल श्रेष्ठ र फलेवास नगरपालिका ६ देविस्थानका सौगात शर्मा पौडेलले युवती माथि जवर्जस्ती करणी गरेका हुन् । उनीहरुलाई कुस्मा नगरपालिका ४ छमर्के घुम्तीस्थत न्यु सेवा गेष्टहाउसबाट प्रहरीले पक्रेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार बागलुङको चैते दशै मेला अवलोकन गरेर फर्किँदै गरेका दुई युवतीलाई विहिबार दिउँसो ३ बजेदेखि मालढुंगाबाट लिएरका आएका श्रेष्ठ र पौडेलले गेष्टहाउसमा राखेपछि शिशीरलाई बोलाएका थिए । दिउँसै देखि खाजा खाँदै छमर्के स्थित न्यू सेवा गेष्ट हाउसमा बसेका दुई युवती मध्ये एक युवती भाग्न सफल भएकी र अर्की स्याङजा जिल्ला घर भएकी १६ बर्षिय युवतीलाई भाग्न खोज्दा खोज्दै समातेर जर्वजस्ती करण गरेको बुझिएको प्रहरीले बताएको छ ।

प्रहरीले होटल मालिक नारायण भन्ने शेरबहादुर हमाललाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । भाग्न सफल युवतीले आफन्तहरुलाई खबर गरेपछि उनका आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजतलास गर्दा सोही होटलमा तीनै जना युवाहरु सहित एक युवती सँगै बसेको अवस्थामा रङ्गेहात पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखिएको छ ।

पिडित युवती र घटनामा संलग्न युवाहरु बीच यस अघि कहीँ कतै पनि भेट तथा चिनजान नभएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पिडित युवतीका आफन्तहरुलाई बोलाएर जवजसर््ती करणी अन्तर्गत मुद्धा दायर गर्ने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेले बताउनुभयो । घटनामा संलग्न तीनै जना आरोपितलाई म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने