2026-09-19 06:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लिफ्ट दिने नाममा होटल पुर्‍याएर सामुहिक बलात्कार, यसरी भयो घटना

चैत १६, काठमाडौं । पर्वतको छमर्केमा बिहिबार मेला भर्न गएकी १६ वर्षीया किशोरी सामूहिक बलात्कारको शिकार भएकी छन् भने अर्की युवती भाग्न सफल भएकी छन् । 

मेलाबाट घर फर्कने क्रममा युवतीलाई लिफ्ट दिने नाममा होटलमा पुर्‍याई मदिरा पिलाई बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । मोटरसाइकलमा गएका दुई युवतीहरु मध्ये एक जना भने भाग्न सफल भएपछि उनैले प्रहरीलाई खबर दिएकि थिइन्  । 

प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुश्मा-१, सहस्रधाराका २३ वर्षीय शिशिर क्षेत्री, कुश्मा-५, वडागाउका १७ का सौगात शर्मा पौडेल र कुश्मा-५ कै मेलमिलाप चोकका सुजल श्रेष्ठ छन् ।

त्यस्तै बलात्कारको घटनाबारे खबर नगरेको भन्दै प्रहरीले होटल सञ्चालक वाग्लुङ-१२, वलेवा अमलाचौरका ३८ वर्षीय शेरबहादुर हमाललाई पनि नियन्त्रणमा लिएको छ ।

यसरी भयो घटना 

– बिहीबार राति पीडित युवतीसँगै अर्की साथी बाग्लुङ मेलामा सहभागी भएर पर्वत फर्किन गाडी कुरिरहेका थिए ।

– गाडी कुर्ने क्रममा दुई वटा मोटरसाइकल आउँछ र उनीहरुलाई कुश्मा जाने भए लिफ्ट दिन्छौं भन्छन् । 

– गाडी कुरेर बसेका उनीहरु सोहि मोटरसाइकलमा जान तयार हुन्छन् तर, मोटर साइकल चालकहरुले कुश्मा नगरपालिका-४, छमर्केमा रहेको ‘न्यू सेवा गेष्ट हाउस’ मा लैन्जान्छन्  र त्यहाँ उनीहरुले अर्का एक जना साथीलाई पनि बोलाउँछन् ।

– गेष्ट हाउसमा उनीहरुले मदिरा पिउँछन् र युवतीलाई पनि मदिरा खुवाउँछन् ।

– त्यस क्रममा अर्की युवती भाग्न सफल हुन्छिन् । 

तर भाग्न नसकेकि युवती बलात्कारको सिकार हुन्छिन् । भाग्न सफल भएकी युवतीले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय, पर्वतको टोलीले घटनास्थलबाट तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुमाथि प्रहरीले जबरजस्ती करणी मुद्दा अन्तरगत ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई