८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा झोलुङगे पुल बनाउने होडबाजी नै, अर्जेवा जोड्ने गरि पूल निर्माण हुने

१८ माघ २०७२, सोमबार १४:४०

माघ १८, पर्वत ।  झोलुङगे पुलको जिल्लावाट परिचित पर्वत जिल्लामा झोलुङ्गेपुल बनाउने होडवाजी नै चलिरहेको छ । मुडिकुवा गाविसको डिलवाट वडागाउँमा पूल बनाउने काम द्रुत गतिमा भैरहँदा फलेवासको ढिकबाट वागलुङको अर्जेवा जोड्ने गरि पूल निर्माण हुने भएको हो ।

नेपाली काँग्रेसका महासमिति सदस्य तथा बरिष्ठ समाजसेवी गंगाराज पौडेलको पहलमा पुलको निर्माण गरिन लागेको हो । पर्वतको फलेवास–३ देखी बाग्लुङको अर्जेवा–१ गुरुङ धारामा जोड्ने झोलुङगे पुलको लम्वाई ३ सय ४० मिटर लामो हुने छ । एभरेष्ट कन्सल्टेन्सी प्रा.ली वाट पुलको सर्वेक्षणमा खटिएका इन्जिनियर शिवप्रसाद भुषाल र इन्जिनियर विप्लव आचार्यले पुलको सर्वेक्षण गर्नुभएको छ ।

नेपाल सरकारको आर्थिक सहयोगमा ५ करोड बरावरको लागतमा पुल निर्माण गरिने पुल निर्माण समितीका अध्यक्ष गंगाराज शर्माले बताउनुभयो । आगामी २०७२ साल चैतवाट पुल निर्माणको काम शुरु गरिने भएको हो । पुल निर्माण भएपछि बाग्लुङको अर्जेवा ,छिस्ती,विनामारे लगायत दुई दर्जन गाविस र पर्वतको फलेवास लगायतका क्षेत्रका नागरिकहरु प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

नेपाली काँग्रेसका महासमिति सदस्य तथा बरिष्ठ समाजसेवी गंगाराज पौडेलको पहलमा यस अघि पर्वतको देविस्थान देखी कुर्घा गाविस जोड्ने २ सय ४६ मिटर लामो पुलको निर्माण भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा