2026-07-24 07:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्खननका लागि १२६ खानीलाई अनुमति प्रदान

चैत १९, काठमाडौँ | खानी तथा भूगर्भ विभागले १२६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ । 

विभागले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको आठ महिनामा मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी सो खानीलाई उत्खननका लागि स्वीकृत प्रदान गरेको हो । 

मुलुकको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण क्षेत्रका रुपमा लिइएको खनिज पदार्थमध्ये सबैभन्दा धेरै चुनढुङ्गा ४९ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ । 

यस्तै अनुमति प्रदान गरिएकामा टुर्मालिन टल्क १४, कोइला १४, टुर्मालिन १२, क्वार्ज ४, काइनाइट ८, मार्वल ३, रातोमाटो ३, फलाम २, जिंक १, क्वार्जजाइट १०, म्याग्नेसाइट १, डोलोमाइट १ र क्याल्साइट १ खानी रहेका छन् । 

खनिज सम्पदा महाशाखाका प्रमुख रामप्रसाद घिमिरेले चुनढुङ्गा उत्खननका लागि धेरै आवेदन परेको र सोहीअनुसार उत्खननका लागि अनुमति प्रदान गरेको जानकारी दिनुभयो । “नयाँ संरचना निर्माणका लागि सिमेन्टको अत्याधिक माग भइरहेको अवस्थामा सिमेन्टमा चाहिने महत्वपूर्ण कच्चा पदार्थ चुनढुङ्गाको उत्खनन बढेको हो”, उहाँले भन्नुभयो । 

विभागले उत्खनन अनुमतिपत्र प्राप्त गरेका पाँच कम्पनीलाई उत्खनन कार्य समयमा शुरु नगरेको भन्दै रद्द गरेको छ । नेपालको महाभारत पर्वत क्षेत्रमा धेरै चुनढुङ्गा खानी रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक