माघ २७, पर्वत । अखिल (क्रान्तिकारी) विद्यार्थीं सगठनको १९ औं जिल्ला समम्मेल फागुन २१ गते हुने भएको छ । क्रान्तिकारीको १९ औ जिल्ला सम्मेलन फागुन २१ गते हुने तय भएको क्रान्तिकारी संघका संयोजक शंकर गिरीले जानकारी दिएका छन् ।
“संविधान कार्यन्वयन गर्दै समृद्ध नेपाल निर्माणको हाम्रो अभियान, समाजबादी शिक्षा निर्माण एवं शैक्षिक माफिया विरुद्ध १९ औ सम्मेलन” भन्ने मुल नाराका साथ जिल्ला सम्मेलन हुन लागेको गिरीले बताए । गिरीको संयोजकत्वमा २५ सदस्यीय सम्मेलन आयोजक समिति समेत चयन गरिएको संगठनले जनाएको छ ।
सांगठनिक विभागका शंकर गिरी, प्रचारप्रसार विभाग विजय प्रकाश सापकोटा, आर्थिक विभाग बलराम पौडेल, कार्यक्रम व्यवस्थापन विक्रम ढुङ्गना , स्वयमंसेवक व्यवस्थापन विभाग ऋषिराम पौडेल र प्रशिक्षण विभाग तुलसीराम आचार्यलाई तोकिएको संगठनले जानकारी दिएको छ ।