२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिसा चिप कार्ड प्रयोगमा माछापुच्छ्रे बैंकको १० प्रतिशत पैसा फिर्ता अफर

२०७४, २५ चैत्र आईतवार १२:००

चैत्र २५ काठमाडौं। माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७५ को उपलक्ष्यमा कार्ड प्रयोगकर्ताका लागि १० प्रतिशत क्यास ब्याक अफर ल्याएको छ। बैंकले आँफूले जारि गरेको भिसा चिप कार्डबाट कारोबार गर्नेहरुलाई १० प्रतिशत क्यास ब्याक दिने स्किम ल्याएको हो। 

बैंकबाट जारी डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोग गरी सामान खरीद गर्दा वा कुनै भुक्तानी गर्दा बील रकमको १० प्रतिशतले बढीमा एक हजार रुपैयाँसम्मा खातामा फिर्ता गरिदिने स्किम ल्याएको हो। कारोबारको संख्यामा कुनै सीमा नभएको र प्रत्येक खरीद वा भुक्तानीमा ग्राहकले क्यास ब्याक पाउने बैंकले जनाएको छ। 

ग्राहकले पाउने फिर्ता रकम महिनाको अन्त्यमा बैंकले ग्राहकको खातामा जम्मा गरिदिने व्यवस्था बैंकले गरेको छ। साथै बैंकले यो अफर सीमित अवधिको लागि ल्याएको विज्ञप्तिमा उल्लेख गरेको छ। बैंकका ६२ शाखा छन्। ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट ग्राहकसम्मा पहुँच छ। बैंकका ८६ वटा एटिएमहरु संचालनमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो