२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतका भूकम्पबाट प्रभावित विद्यालयलाई कोरियाली सहयोग

२७ चैत्र २०७४, मंगलवार ०६:१४

चैत २७ पर्वत | विसं २०७२ मा गएको भूकम्पबाट प्रभावित बनेको पर्वतको कुस्मा नगरपालिका–११ पकुवाको वीरेन्द्र माध्यमिक विद्यालयलाई कोरियाली नागरिकले सहयोग गरेका छन् । 

कोरियाको ख्वांङ्जु महानगरका सहयोगी नागरिकले उक्त विद्यालयको पुनःनिर्माणमा सहयोग गरेका हुन् । ख्वाँङ्जु महानगरका मेयर युङ जङ् याङ्को नेतृत्वमा आएको टोलीले विद्यालयको निरीक्षण गरी सहयोग गरेका हुन् । 

पहिलो चरणअन्तर्गत पकुवामा निरीक्षण गर्न आएको टोलीले विद्यालयको मर्मतका लागि रु दुई लाख हस्तान्तरण गरेको छ भने आगामी दिनमा विद्यालयको पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

विद्यालयमा आयोजित कार्यक्रममा मेयर याङ्ले नेपालमा गएको महाभूकम्प र त्यसले पारेको क्षतिबाट आफूसमेत दुखी भएको बताउँदै पुनःनिर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले कोरियाली सहयोगको प्रशंसा गर्दै आगामी दिनमा कुस्मा नगरपालिकाका सबै क्षेत्रमा सहयोग गर्न आग्रह गर्नुभयो । 

जिल्लाको मोदी गाउँपालिका डिमुवामा स्वास्थ्य सेवा दिने उद्देश्यले ख्वाँजु क्लिनिक सञ्चालनमा ल्याएर सेवा दिँदै आएको उक्त टोलीलाई समाजसेवी रुद्र शर्मा र पकुवाका वडाध्यक्ष शिव पौडेलले कुस्मा नगरपालिकाको पकुवामा भित्र्याउनुभएको हो । 

यसैबीच पर्वतको कुस्मा नगरपालिका र कोरियाको ख्वाङ्जु महानगरपालिकाका प्रमुखबीच दुइ नगरबीच भगिनी सम्बन्ध स्थापित गराउने विषयमा प्रतिबद्धता जाहेर भएको छ । 

भगिनी सम्बन्ध स्थापित भएमा कुस्माको विकास निर्माण, कला, संस्कृति, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमासमेत ख्वाङ्जुको सहयोग हुने विश्वास लिइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने