२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा विषु पर्वको तयारी तिव्र

२०७४, २७ चैत्र मंगलवार ०७:११

चैत २७ दार्चुला | नयाँ वर्ष २०७५ को स्वागत गर्न अर्थात् विषु पर्व मनाउनका लागि गाउँघरमा तयारी तीव्र पारिएको छ । 

नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई विषु पर्वका रुपमा भव्यताका साथ मनाउने परम्परागत चलन रहँदै आएको छ । दार्चुला मात्र नभइ प्रदेश नं ७ का अन्य जिल्लामा समेत विषु पर्व प्रमुख चाडका रुपमा मनाउने गरिन्छ । 

विषु पर्व मनाउनका विदेश गएकाहरु अहिले घर फर्कन थालेका छन् । मुख्यतया रोजगारीको सिलसिलामा भारतको विभिन्न शहरमा गएकाहरु घर फर्कने क्रम बढेको छ । जिल्लाको खलंगा, दत्तु र जौलजीवी नाकाबाट दैनिक रुपमा रोजगारीको सिलसिलामा भारतको विभिन्न शहर गएकाहरु फर्कने क्रम जारी छ । ग्रामीण क्षेत्रमा विषु पर्वको तयारी तथा सामानको जोहो गर्ने चटारो चलिरहेको छ । विषुका लागि सामान खरिद गर्न सीमावर्ती बजारमा स्थानीयवासीको भीड लाग्ने गरेको छ । 

जिल्लाको मार्मा क्षेत्रको गुल्जरमा विषु जात्रासमेत लाग्ने गर्छ ।

 प्राचीनकालमा सञ्चार साधनको अभावमा परदेशीको रैवार घरसम्म नपुग्ने अवस्थामा वर्षमा एक पटक अनिवार्य रुपमा विषु पर्वमा घर पुग्नु पर्ने बाध्यता थियो । विषु पर्वमा राम्रो परिकार, परिहनका साथै रमाइलो गर्ने चलन छ । देवर भाउजू, नन्द भाउजू र साली भिनाजुबीच सिस्नु लगाउने चलन छ । खासगरी विषु पर्व विष पखाल्ने पर्वका रुपमा मनाइन्छ । 

बिहानै स्नान गरी सिस्नु लगाई विष पखाल्ने परम्परा रहेको स्थानीयवासी जयसिंह धामी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सिस्नु लगाई नयाँ वर्ष मनाउने पुरानो चलन हो । अहिले विषु पर्वलाई विशेष भेटघाटका रुपमा लिने गरिन्छ ।” रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी