२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सांसद जोशीमाथि कार्यकर्ताको प्रश्नै प्रश्न !

३० फाल्गुन २०७२, आईतवार ०३:३८

joshi newsमहेन्द्र केसी/फागुन ३०, पर्वत । नेपाली काँग्रेस क्षेत्र नं १ पर्वतका सासद अर्जुनप्रसाद जोशीमाथि कार्यकर्ताले यक्ष प्रश्नमाथि प्रश्न थुपारेका छन् ।

संस्थापक (कोइराला) पक्षका मानिएका जोशी एकाएक १३ औं महाधिवेशनको अन्तरालमा प्रजातान्त्रीक (देउवा) पक्षमा गएपछि कार्यकर्ताले आफ्नो विश्वासमाथि घात गर्दै जोशीले कार्यकर्ताको मतदानमाथिनै अपमान गरेको भन्दै किन यस्तो गरेको भनी प्रश्नमाथि प्रश्न राखेका हुन् ।

महाभारतमा पाँच पाण्डप र कौरवविच भएको झगडा जस्तो देखिने नेका भित्रको गुटबन्दीका कारण पार्टीभित्र देखिएको किचलोले पछिल्लो समयमा चर्कौ रुपमा पार्टीभित्र ठूलो हलचलनै मच्चाइरहेको थियो । १३ औं महाधिवेशनको अन्तरालमा पनि दुई पक्षविच ठाउँठाउँमा झडप भएको थियो भने केन्द्रिय अधिवेशनमा समेत झगडाले उघ्ररुप लिएको थियो ।

यसरी पार्टीभित्र मौलाउदै आएको गुटबन्दीका कारण जिल्लामा पनि अधिवेशनका अन्तरालमा ठाउँठाउँमा झडप भएको बाहिर चर्चामा आएको थियो । आफुलाई संस्थापक पक्षको भएको दाबी गर्ने र त्यही अनुसारको कार्यकर्तालाई प्रशिक्षण दिदैं आएका सासद जोशीले पछिल्लो समयमा पदको देउवापक्षमा गएर कार्यकर्ताको विश्वासमाथि अंकुश लगाएको कार्यकताले आरोप लगाए ।

विश्वासमाथि जोशीले अंकुश मात्रै नलगाई मतदानको समेत अपमान गरेको कार्यकताले गुनासो पोखेका थिए । संस्थापक पक्षबाट देउवा पक्षमा जानुनै थियो भने हामीलाई किन भनीएन र एकाएक गुट परिर्वतन गरीएको भन्दै जोशी अबसरबादी बनेको आरोप समेत अधिकांश कार्यकर्ताले लगाए । काकर्ताको प्रश्नमाथि जोशीले जवाफ दिदै आफु काँग्रेसको पाँच तारा र रुखको छहारीमानै रहेको र लामो समयदेखि पार्टीभित्र चल्दै आएका ६० र ४० को भागबन्डाको अन्त्य गर्नको लागि आफुले यस्तो निर्णय लिएको उत्तर दिएका थिए ।

नेपाली काँग्रेसभित्रको गुटबन्दीको अन्त्य गर्नको लागि र देउवानै अब संस्थापक नेता भएको कार्यकर्तालाई बुझाउनको लागि पनि आफुले निर्णय लिएको दाबी गरे । नेपाली काँग्रेसभित्र रहेको दुइ गुटको अन्त्यका लागि पक्ष र विपक्ष वा गुटबन्दी नभई एक हुने बेला आएको र आफ्नो निर्णयलाई कार्यकर्ताले बुझ्ने विश्वास लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म