२०८३, १ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

नयाँ वर्षको अवसरमा पाँचथरमा चौँरी महोत्सव सम्पन्न

२०७५, ४ बैशाख मंगलवार ११:२०

वैशाख ४ पाँचथर | नयाँ वर्षको अवसर पारेर फालेलुङ गाउँपालिकाको चाररातेमा दोस्रो पल्ट सञ्चालन गरिएको चौँरी महोत्सव सम्पन्न भएको छ । महोत्सवमा सयौँ चौँरी तथा घिउ, छुर्पीलगायत चौँरीजन्य सामग्रीको प्रदर्शन गरिएको छ । 

महोत्सवको प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले उद्घाटन गर्दै महोत्सवले संकटमा पर्न लागेको चौँरीपालन पेशाको संरक्षण संवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । फालेलुङ–४ चाररातेमा आयोजित महोत्सवमा सन्दकपुरदेखि चिवाभञ्ज्याङ क्षेत्रबाट २०० भन्दा बढी चौँरी प्रदर्शनीका लागि ल्याइएको थियो । 

युवा पलायन हुन थालेको र पुस्तौँदेखि गर्दै आएको चौँरीपालन पेशा युवा पुस्ताले सम्हाल्न नसक्दा चौँरी लोप हुन लागेका कारण महोत्सवको आयोजना गरिएको महोत्सव मूल समारोह समितिका अध्यक्ष डिल्ली केरुङले बताउनुभयो । 

उहाँले भन्नुभयो, “चरिचरन क्षेत्रको अभावमा चौँरी र चौँरी गोठ लोप हुन लागेका छन्, चौँरीको संरक्षण गर्न तथा उत्पादनको बजार खोज्न महोत्सवको आयोजना गरिएको हो ।” 

समुद्री सतहबाट तीन हजार ४०० मिटर उचाइमा अवस्थित चाररातेमा आयोजित महोत्सव फालेलुङ कञ्चनजंघा पर्या–पर्यटन विकास समितिले आयोजना गरेको हो । महोत्सवबाट नेपाल, भारत र भुटानको उच्च पहाडी क्षेत्र तथा चौँरीपालन व्यवसायमा रहेको सम्बन्धलाई प्रगाढ बनाउनसमेत मद्दत पुग्ने आयोजकले जनाएको छ । महोत्सवस्थलमा चौँरी लिएर आएका किसानले भारतको सिक्किम र पश्चिम बंगाल राज्यले आफ्नो भूमिमा चौँरी चराउन प्रतिबन्ध लगाएपछि चौँरीपालन व्यवसाय संकटमा पर्न थालेको गुनासो गरेका छन् । 

नेपालको पूर्व–पश्चिम दार्चुला, डोल्पा, हुम्ला, मुगु, जुम्ला, मुस्ताङ, मनाङ, लम्जुङ, गोरखा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलुखुम्बु, सखुवासभा, ताप्लेजुङ, पाँचथर, ओखलढुङा र रसुवाको हिमाली क्षेत्र चौँरीको पकेट क्षेत्र हो । नेपालमा चौँरीपालन व्यवसाय लोप हुने अवस्थामा पुगेको हुँदा यसको संरक्षण गर्न थालिएको छ । विगतमा भन्दा ६० देखि ७० प्रतिशतले चौँरीपालन व्यवसाय घटेको चौँरीपालक किसान बताउँछन् । युवा विदेश पलायन हुने र आफ्ना बाबु बाजेले अंगालेको पेशा युवा पुस्ताले अंगाल्न नसक्दा चौँरीपालन व्यवसाय घटेको चौँरीपालक किसानको भनाइ छ । 

पहाडी गाई र हिमाली याक गोरुबीच गर्भधारण गराउँदा, वा पहाडी गोरुसँग नाक गाईको प्रजनन भएर बसेको गर्भबाट चौँरीको जन्म हुन्छ । यो याक वा नाकभन्दा फरक प्रकृतिको जनावर हो । याक वा नाकलाई पनि चौँरीभन्दा उच्च प्रजातिमै समावेश गरिन्छ । पहाडी गाई र याकबीच गर्भधारण गराउँदा, अथवा पहाडी जोलाङ गोरुसित नाकको प्रजनन भएर बसेको गर्भबाट चौँरीको जन्म हुन्छ । याक र पहाडी गाई (किर्खो) बाट जन्मने चौँरीलाई ‘उराङ’ वा ‘झोप्क्यो’ र पहाडी जोलाङ गोरुसँग नाकको संसर्गबाट जन्मने सन्तानलाई ‘डिम्जो’ वा ‘झोप्क्यो’ भनिन्छ । 

नेपालमा उत्पादन हुने चौँरीगाईका याक चिज, छुर्पी, दुर्खा, घ्यू, मखन र पनिर कोशेलीका रुपमा देश तथा विदेशमा लैजाने गरेको पाइन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन