३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एसएलसीमा म्यासेन्जर र भाइबरबाट चिट चोरी, सम्बन्धित निकाय मौन

२३ चैत्र २०७२, मंगलवार ०१:३८

राम नारायण पंडित, चैत्र
२३, सिरहा । 
प्रवेशिका परिक्षा एसएलसीमा भाइबर र म्यासेन्जरबाट सिरहामा शिक्षक तथा
अभिभावकहरुले चिट चोराउने नयाँ तरिका अपनाइएको भएपनि सम्बन्धित निकाय मौन देखिएको छ ।

chit

परीक्षा हलमा सहभागी
विद्यार्थी तथा परीक्षामा खटिएका गार्डहरुले मोबाइलबाट प्रश्नपत्रको फोटो खिच्ने र त्यसलाई परीक्षा
केन्द्र बाहिर रहेका शिक्षक तथा अभिभावकहरुलाई म्यासेन्जरमा पठाई प्रश्नपत्र आउट गर्ने गरेको पाइएको छ ।
उक्त प्रश्नपत्रका आधारमा उत्तर तयार गरी पुनः भाइबर वा म्यासेन्जरको साथै बिभिन्न तरिकाले परीक्षा
केन्द्रमा परीक्षा दिइरहेका विद्यार्थीलाई चिट गर्नका लागि पठाउने गरिएको छ ।

एसएलसी परीक्षाको पहिलो दिन देखिनै सिरहाको अधिकांश परीक्षा केन्द्रहरुमा भाइबर र
म्यासेन्जर मार्फत प्रश्न आउट गर्ने र म्यासेन्जरकै माध्यमले उत्तर विद्यार्थीसम्म पुर्याउने गरिएको नाम
नखुलाउने शर्तमा एक शिक्षकले बताए । सिरहा सदरमुकामकाको साथै लहान, मिर्चैया, जमदह, गोलबजार, कर्जन्हा,
बन्दिपुर, फुलबरीया, बर्छबा लगायत जिल्लाका अधिकांश परीक्षा केन्द्रहरुमा भाइबर र म्यासेन्जरबाट चिट
चोराउने गरिएको श्रोतको दाबी रहेको छ ।

सिरहामा यस वर्ष एसएलसी
परीक्षामा निजी विद्यालयको शिक्षक गार्ड बस्न नपाउने भएपछि सरकारी विद्यालयको नाममा परिचय पत्र वनाई
गार्ड वस्ने गरेको पाइएको छ । यसअघि पनि जिल्लाका बिभिन्न परिक्षा केन्द्रहरुबाट फर्जि गार्ड फेला
परेपनि सम्बधित निकायको मौनताको कारण उक्त कार्य रोकिएको छैन् ।

परिक्षामा एउटा बेन्चमा दुई जना परिक्षार्थी बस्ने नियम रहेपनि जिल्लाका अधिकांश परिक्षा
केन्द्रहरुमा एउटा बेन्चमा ५ जना सम्म बसेको पाईएको छ । यति मात्र नभएर सिट जहाँ भएपनि परिक्षार्थीहरु
आफुखुसी परिक्षा हलमा बसेको पाईएको छ ।

परिक्षा केन्द्रहरुका
केन्द्राध्यक्षहरुले आफ्नो केन्द्रमा फर्जि गार्ड नरहेको दाबी गर्नु, नक्कली गार्ड फेला पर्नु र
परिक्षार्थी परिक्षाहलमा आफुखुसी बस्नुले परिक्षा केन्द्रहरुमा मिलोमतो भएको सहजै अनुमान लगाउन सकिन्छ ।
यता, सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले त्यसरी किर्ते गरी गार्ड वसेको पाईएमा कार्वाही
गर्ने बताउनु भयो । सिरहामा यस बर्ष कूल ३८ वटा परीक्षा केन्द्रबाट १३ हजार २ सय ३५ जना विद्यार्थी
एसएलसीमा सहभागी हुँदै छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ