२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

फरक क्षमताका बालवालिकाको चित्रकला

८ बैशाख २०७५, शनिबार ०५:२५

टेकबहादुर शाही | बैशाख ८, डोल्पा । फकर क्षमता भएका बालवालिकाहरुले चित्रकला प्रर्दशन गरेका छन । डोल्पाको मुकुटेश्वर सिकाइ कक्षा र बहिरा सिकाइ कक्षाका १८ जना बालवालिकाले चित्रकला प्रदर्शनी गरेका हुन । बालवालिकाको क्षमता बिकास र बिद्यार्थि प्रतिभा प्रष्फुटन गर्नका लागि फरक क्षमता भएका बालवालिकाहरुलाइ चित्रकला प्रर्दशन गर्न लगाएको जिल्ला शिक्षा कार्यालय डोल्पाले जानकारी दिएको छ । 

जिल्ला भरिका शारिरिक अपाङ्गता भएका १३ जना र बहिरा बालवालिका ५ जना गरि १८ जनाले आफुलाइ मनपर्ने चित्रकला प्रर्दशन गरेका थिए । आफुलाइ मन पर्ने चित्र बनाउ पुरस्कार पाउछौ भन्नेर उनिहरुको क्षमता र मनोभावनालाइ चित्र मार्फत पर्दशनि गर्न लगाएको शिक्षा बिकास समन्वय समितिका समन्वय कर्ता सिँहराज डागीले जानकारी दिए । उनले भने फरक क्षमता भएका बालवालिकाले आफना प्रतिभाहरु बाहिर प्रस्तुत गर्न सक्ने अवसरका रुपमा यस्तो प्रर्दशनि गरिएको हो ।  


आफुलाइ मन पर्ने उत्कृष्ट चित्रकार र चित्रलाइ बिषेश पुरस्कार प्रदान गरिएको थियो । सबै भन्दा राम्रो चित्र बनाएर प्रर्दशनमा उत्कृष्ट बहिरा सिकाइ कक्षाकी नन्दरुपा रोकाया बनिन । उनले नगद १२ सय रुपैया प्राप्त गरिन भने अन्य सबैले प्रोत्साहन स्वरुप प्रतिब्यक्ति ७ सयका दरले नगद रुपैया प्राप्त गरेका थिए । 

नगद पुरस्कार बितरण गर्दै प्रमुख जिल्ला अधिकारीले आफुले पाउने भत्ताको एक हजार रुपैया पनि शारिरिक अपाङ्गता बालवालिकाहरुको चिया खाजा भनेर शस्तानत्रण गरे । उनले भने बिभिन्न समयमा शारिरिक अपाङ्गता र बहिरा बालवालिकाहरुलाइ उनिहरुका मनोभावना बुझने र जागरुक गराउने क्रियाकलापहरु गर्नु पर्ने बताए । उनिहरुको वास्तिविक मनोभावना के हो ? भित्रि प्रतिभाको पहिचान गर्न सबै लाग्नु पर्ने बताए ।

पहिलो पटक चित्रकलाको प्रतियोगिता र प्रर्दशनिमा भाग लिएका शारिरिक अपाङ्गता र बहिरा बालवालिकाहरुले छोटो समयमा उत्साह पूर्वक आफुलाइ मन पर्ने चित्रकलाहरु लेखन र प्रर्दशन गरेका थिए । उनिहरु भन्छन पहिलो पटक यति रमाइलो संग चित्र लेख्न पाइयो खुसि ब्यक्त गरे । 


मुकुटेश्वर अपाङ्ग सेवा समितिको जिर्न भवनमा १८ जना शारिरिक अपाङ्गता भएका बालवालिकाहरु आश्रित छन । उनिहरुका लागि नेपाल सरकारले जिल्ला शिक्षा कार्यालय मार्फत मासिक ४ हजारका दरले खाजा र खानाको लागि प्रदान गरे पनि डोल्पामा त्यति रकमले भने अनुसार ब्यवस्थापन गर्न नसकिएको मुकुटेश्वर अपाङ्ग समितिका अध्यक्ष चन्द्रबहादुर रोकायाले जानकारी दिए । उनि भन्छन फरक क्षमता भएकालाइ कसैले सहजै सहयोग गर्दैन । 

निकै जोखिम अबस्थामा शारिरिक अपाङ्गता तथा बहिरा बालवालिकाहरु अध्ययन गर्दै आएका छन । बालमन्दीर आधारभुत बिद्यालय मार्फत बाहिरा सिकाए कक्षा र ध्रुवतारा आधारभुत बिद्यालय मार्फत मुकुटेश्वर अपाङ्ग सिकाइ कक्षा सञ्चालन हुदै आएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो