२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

फरक क्षमताका बालवालिकाको चित्रकला

२०७५, ८ बैशाख शनिबार ०५:२५

टेकबहादुर शाही | बैशाख ८, डोल्पा । फकर क्षमता भएका बालवालिकाहरुले चित्रकला प्रर्दशन गरेका छन । डोल्पाको मुकुटेश्वर सिकाइ कक्षा र बहिरा सिकाइ कक्षाका १८ जना बालवालिकाले चित्रकला प्रदर्शनी गरेका हुन । बालवालिकाको क्षमता बिकास र बिद्यार्थि प्रतिभा प्रष्फुटन गर्नका लागि फरक क्षमता भएका बालवालिकाहरुलाइ चित्रकला प्रर्दशन गर्न लगाएको जिल्ला शिक्षा कार्यालय डोल्पाले जानकारी दिएको छ । 

जिल्ला भरिका शारिरिक अपाङ्गता भएका १३ जना र बहिरा बालवालिका ५ जना गरि १८ जनाले आफुलाइ मनपर्ने चित्रकला प्रर्दशन गरेका थिए । आफुलाइ मन पर्ने चित्र बनाउ पुरस्कार पाउछौ भन्नेर उनिहरुको क्षमता र मनोभावनालाइ चित्र मार्फत पर्दशनि गर्न लगाएको शिक्षा बिकास समन्वय समितिका समन्वय कर्ता सिँहराज डागीले जानकारी दिए । उनले भने फरक क्षमता भएका बालवालिकाले आफना प्रतिभाहरु बाहिर प्रस्तुत गर्न सक्ने अवसरका रुपमा यस्तो प्रर्दशनि गरिएको हो ।  


आफुलाइ मन पर्ने उत्कृष्ट चित्रकार र चित्रलाइ बिषेश पुरस्कार प्रदान गरिएको थियो । सबै भन्दा राम्रो चित्र बनाएर प्रर्दशनमा उत्कृष्ट बहिरा सिकाइ कक्षाकी नन्दरुपा रोकाया बनिन । उनले नगद १२ सय रुपैया प्राप्त गरिन भने अन्य सबैले प्रोत्साहन स्वरुप प्रतिब्यक्ति ७ सयका दरले नगद रुपैया प्राप्त गरेका थिए । 

नगद पुरस्कार बितरण गर्दै प्रमुख जिल्ला अधिकारीले आफुले पाउने भत्ताको एक हजार रुपैया पनि शारिरिक अपाङ्गता बालवालिकाहरुको चिया खाजा भनेर शस्तानत्रण गरे । उनले भने बिभिन्न समयमा शारिरिक अपाङ्गता र बहिरा बालवालिकाहरुलाइ उनिहरुका मनोभावना बुझने र जागरुक गराउने क्रियाकलापहरु गर्नु पर्ने बताए । उनिहरुको वास्तिविक मनोभावना के हो ? भित्रि प्रतिभाको पहिचान गर्न सबै लाग्नु पर्ने बताए ।

पहिलो पटक चित्रकलाको प्रतियोगिता र प्रर्दशनिमा भाग लिएका शारिरिक अपाङ्गता र बहिरा बालवालिकाहरुले छोटो समयमा उत्साह पूर्वक आफुलाइ मन पर्ने चित्रकलाहरु लेखन र प्रर्दशन गरेका थिए । उनिहरु भन्छन पहिलो पटक यति रमाइलो संग चित्र लेख्न पाइयो खुसि ब्यक्त गरे । 


मुकुटेश्वर अपाङ्ग सेवा समितिको जिर्न भवनमा १८ जना शारिरिक अपाङ्गता भएका बालवालिकाहरु आश्रित छन । उनिहरुका लागि नेपाल सरकारले जिल्ला शिक्षा कार्यालय मार्फत मासिक ४ हजारका दरले खाजा र खानाको लागि प्रदान गरे पनि डोल्पामा त्यति रकमले भने अनुसार ब्यवस्थापन गर्न नसकिएको मुकुटेश्वर अपाङ्ग समितिका अध्यक्ष चन्द्रबहादुर रोकायाले जानकारी दिए । उनि भन्छन फरक क्षमता भएकालाइ कसैले सहजै सहयोग गर्दैन । 

निकै जोखिम अबस्थामा शारिरिक अपाङ्गता तथा बहिरा बालवालिकाहरु अध्ययन गर्दै आएका छन । बालमन्दीर आधारभुत बिद्यालय मार्फत बाहिरा सिकाए कक्षा र ध्रुवतारा आधारभुत बिद्यालय मार्फत मुकुटेश्वर अपाङ्ग सिकाइ कक्षा सञ्चालन हुदै आएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने