2026-07-24 11:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोलकातामा नेपाली नृत्य

वैशाख ११ काठमाडौँ। दिलीप थापा डान्स सेन्टर र रवीनदास हेयर ब्युटी एकेडेमी हाउडा, कोलकाताले बाह्रौँ प्रतिभा प्रदर्शन प्रतियोगिता २०१८ आयोजना गरेका छन् । 

सेन्टर नेपाली मूलका दिलीप थापाले पन्ध्र वर्षअघिदेखि सञ्चालन गर्नुभएको हो । 

प्रतियोगितामा ८० नेपाली र भारतीय शिक्षार्थीले गणेश वन्दना, नेपाली, बङ्गाली र डान्डिया (गुजराती), हिपहप र ताण्डव नृत्य तथा वन्दे मातरम् प्रस्तुत गरेका थिए । शिक्षार्थीका नेपाली आमाहरुसमेतले राजस्थानी घुमर, पल्लो लटक र हिपहप नृत्य प्रदर्शन गरेका थिए । 

सो अवसरमा सेण्टरले आठ जना असहायलाई ह्विलचियर पनि वितरण गरेको थियो । 

कार्यक्रममा कोलकाताका लागि नेपाली वाणिज्यदूत एकनारायण अर्यालले शुभकामना सन्देश पठाउँदै सेन्टरले नेपाली संस्कृतिलाई भारतमा प्रचारप्रसार गरेकामा प्रशंसा गर्नुभएको थियो । भारत, पश्चिम बङ्गालका कोअपरेशनमन्त्री अरुप राय र हाउडा म्युनिसिप्यालिटीका काउन्सिलर मल्लिका राय चौधरीले कोलकातामा नेपाली र भारतीय संस्कृतिको सङ्गम भइरहेकामा सन्तोष व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेपाल पारवाहन तथा गोदाम व्यवस्थापन कं लिका ब्राञ्च मेनेजर लक्ष्मण खड्का, नेपाली जनकल्याण समिति कोलकाताका अध्यक्ष बद्रीविक्रम थापा र नेपालका उद्यमी दिनेशकुमार सिंजापतिलगायतको उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक