२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक महिनामा तीन दर्जन बलात्कृत

२०७५, १२ बैशाख बुधबार ११:५०

वैशाख १२ काठमाडौँ | महिला पुनःस्थापना केन्द्र (ओरेक)ले देशभर बढ्दै गइरहेको बलात्कारका घटनाहरुले महिला तथा बालिकाको सुरक्षालाई चुनौतीपूर्ण बनाएको जनाएको छ । 

ओरेकले मासिकरुपमै अभिलेखीकरण गरी सार्वजनिक गर्ने क्रममा कार्यालयमा दर्ता भएका तथा दैनिक राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित घटनाका आधारमा गएको चैत महिनामा मात्रै तीन दर्जन महिला तथा बालिकामाथि बलात्कार भएको प्रतिवेदन सार्वजनिक गरेको छ । 

चैत महिनामा मात्रै अभिलेखीकरण भएका महिला हिंसाका जम्मा १३१ वटा घटनामध्ये ३६ जना महिला (सात सामूहिक बलात्कार र एक बलात्कारपछि हत्या) माथि बलात्कार भएको तथ्याँक रहेको संस्थाका कार्यक्रम निर्देशक अभिराम रायले जानकारी दिनुभयो । 

अभिलेखीकरण भएका घटनामा सबैभन्दा बढी ५३ प्रतिशत १६ वर्षमुनिका बालिका बलात्कारको शिकार भएको पाइएको छ । त्यस्तै २२ प्रतिशत १७ देखि ३० वर्ष उमेर समूहका र आठ प्रतिशत उमेर समूह थाहा नभएका महिला तथा बालिका बलात्कारमा परेका छन् । 

बलात्कारबाट प्रभावितमध्ये सबैभन्दा बढी ५० प्रतिशत महिला तथा बालिका छिमेकीबाट बलात्कृत भएको पाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो