२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरिँदै गाउँ, खाली हुँदै सदरमुकाम

१६ बैशाख २०७५, आईतवार ०३:३१

ध्रुवसागर शर्मा | वैशाख १६, बेनी | सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि म्याग्दीका गाउँहरु भरिन थालेका छन् भने सदरमुकाम बेनीबजार खाली हुँदै जान थालेको छ । 

संघीयताको कार्यान्वयसंगै स्थानीय निकाय बलियो भएर ग्रामीण बस्तीसम्म यातायात सेवाको पहुँच विस्तार क्रमशः हुन थालेपछि सदरमुकाम बेनीबजारमा चहलपहल घट्दै गएको छ । मानिसको चहलपहल घट्न थालेपछि बेनी बजारमा सञ्चालित व्यवसाय पनि ओरालो लाग्दो क्रममा देखिएको छ । व्यावसायीले दैनिक गर्ने लाखौँको कारोबार अहिले हजारमा झरेको छ । बजार आउनुपर्ने काम गाउँबाटै हुन थालेपछि सदरमुकाम बेनीबजार अहिले सुनसानजस्तै देखिन थालेको छ । 

“सिंहदरबारको अधिकार गाउँगाउँमा आएसँगै गाउँको विकास र रौनक बढेको छ । ५० मिटर पाइपको सिफारिस लिनका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ” बेनपा–४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले भन्नुभयो, “अब स्थानीय तह नै बलिया भएपछि सदरमुकामसँगको काम पनि घट्दै गएको छ ।” 

सदरमुकाम छाडेर गाउँ फर्किएपछि ‘रित्ता जीर्ण भएका घर पनि काम लागिरहेका छन्, संघीयता कार्यान्वयनपछिको चहलपहलले गाउँमा उमंग छाएको पाइन्छ । गाउँपालिकामा चलहपहल बढेका बेला सदरमुकामको व्यापार व्यवसायमात्रै होइन सरकारी अड्डामासमेत सेवाग्राहीको चाप कम भएको छ । जिल्लाभरबाट विकासे कामका निवेदन बोकेका सेवाग्राहीले भरिभराउ भइरहने साविकको जिविस समन्वय समितिमा परिणत भएपछि सुनसान बनेको छ । 

संघीयताले सदरमुकाम आउनुपर्ने जनताका कामकाज स्थानीय तहबाटै उपलब्ध हुन थालेपछि सदरमुकाम आवतजावतमा कमी आएको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतमले बताउनुभयो । अहिलेसम्म उद्योगधन्दा निरन्तर चले पनि व्यापारमा भने निक्कै कमी आएको महासचिव गौतमको बुझाइ छ । 

यसअघि ग्रामीण बस्तीमा यातायातको पहुँच नहुँदा दैनिक उपभोग्य वस्तु खरिदका लागि सदरमुकाम आउनुपर्ने बाध्यता थियो । यातायातको सुविधा गाउँघरसम्मै पुगेपछि सदरमुकाममा उपलब्ध वस्तु सोही मूल्यमा आफ्नै घरपायकमा पाइने भएपछि सदरमुकाम शून्य प्रायः जस्तै बन्दैछन् । 

यसबाहेक सरकारी कामकाज लिएर आउनुपर्ने जिल्लावासीको बाध्यता संघीयता कार्यान्वयनसँगै टरेको छ । स्थानीय तहको सरकार बनेपछि गाउँगाउँमा सरकारी कार्यालय पुगेका छन् । सदरमुकामबाट हुने धेरैजसो काम गाउँमै हुने हुँदा सदरमुकामको व्यापार खुम्चिने र गाउँबस्तीमा चहलपहल देखिन थालेका हुन् । 

लामो समयदेखि जनप्रतिनिधिविहीन स्थानीय निकायका कर्मचारीसमेत विभिन्न कारण देखाउँदै सदरमुकाममै थन्किएका थिए । निर्वाचनपछि स्थानीय तहका कामकाज चुस्तसमेत देखिन थालेका छन् । सचिवमार्फत गराउनुपर्ने सामान्य कामका लागि पनि सदरमुकाममा लाग्ने सेवाग्राहीको भीड आजभोलि सबै गाउँपालिका तथा वडातिर फर्किएको छ । स्थानीय तह भएपछि सदरमुकाममा अल्मलिएर बस्ने राजनीतिक दलका नेता कार्यकर्ता पनि गाउँ फर्किएका छन् । 

सदरमुकामको घट्दो चहलपहलका कारण चिया पसलदेखि होटल, किराना पसल, स्टेशनरी, होटलजस्ता व्यवसाय भने संकटमा परेका छन् । बरु यी जिल्लाका स्थानीय तहका सदरमुकाम भने व्यस्त देखिन थालेका छन् । सदरमुकाममा केही वर्षदेखि उर्लेको घरजग्गा कारोबार सुस्ताउँदा स्थानीय तहको सदरमुकाम क्षेत्रका जग्गाको भाउँ भने आकासिएको छ । म्याग्दीका दरबाङ, तातोपानीजस्ता स्थानीय बजार अहिले चम्किएका छन् । 

सदरमुकाममा चहलपहल घटेपछि लामो समयदेखि आफ्नो थालथलो छाडेर जिल्ला सदरमुकाम छिरेका धेरै व्यापारी अहिले स्थानीय केन्द्रतर्फ आकर्षित हुन् थालेका छन् । सदरमुकाम केन्द्रित राजनीति व्यापार वा जाँगिरमा लागेका अधिकांश मानिससमेत अहिले आआफ्ना स्थानीय तहमा स्पेस बनाउन खोजिरहेका छन् । 

संघीयताले सरकारी कामकाज स्थानीय तहमा पुग्दा सदरमुकाम आउनेको चाप घटे पनि गुणस्तरीय स्वास्थ्य, शिक्षा रोजगारजस्ता सेवा पूर्णतया स्थानीय तहसम्म पुग्न समय लाग्ने भएकाले सदरमुकाम आउने मानिसको संख्या चर्चा गरेजस्तै नघट्ने बताउनुहुन्छ नेकपा (एमाले) म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ । 

बेनीबजार मुक्तिनाथ प्रवेशद्वार र धार्मिक तथा पर्यटकीय हिसाबले पनि महत्वपूर्ण भएकाले स्थानीयको अभाव पर्यटक भित्र्याएर पूरा गर्न सकिने उहाँको बुझाइ छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जब भारतीय विदेशमन्त्रीले आरजुलाई सोधे: नेपालमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो? रवि फेरी हिरासतमा: अदालतअघि प्रधानमन्त्रीविरुद्ध उत्तेजक नाराबाजी मन्त्रिपरिषद्ले के-के गर्‍यो निर्णय ? सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार आजपनि सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश विश्वकप अघिको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित परराष्ट्रमन्त्री राणालाई प्रश्नः नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को हो? शेयर बजार लगातार ओरालो, कारोबार कति ? मिर्गौला फेल हुनुभन्दा पहिले पिसाबले दिन्छ यस्ता संकेत स्वर्णलक्ष्मी सहकारी ठगि प्रकरण: सरकारी वकिलको बहस सकियो आमनागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार होः उपप्रमुख डंगोल ‘दल फुटाउने र मिलाउने काम मेरो होइन, त्यस्तो अध्यादेश आउँदैन’: प्रधानमन्त्री ओली लस एन्जलस क्षेत्रमा आगलागी: उक्त क्षेत्रका नेपालीहरूको के छ अवस्था? झारखण्डमा प्रिन्सिपलले छात्रालाई सर्ट खोल्न बाध्य पारेको घटना सार्वजनिक रविविरुद्ध सरकारी वकिलको बहस- ‘उहाँ जत्तिको मान्छेलाई कानुनको अनभिज्ञता क्षम्य हुनै सक्दैन’ विपिन जोशीको तस्बिर-अंकित प्लेकार्ड बोकेर तेल अभिभमा इजरायलीद्वारा प्रदर्शन स्विस बैंकमा मेरो पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु: प्रधानमन्त्री ओली अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो माघका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छुः परराष्ट्रमन्त्री देउवा