2026-07-24 09:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाडी नचलाउने सबै व्यवसायीको इजाजत आज ५ बजेपछी खारेज हुँदै

वैशाख २१, काठमाडौँ | यातायात व्यवस्था विभागले सिन्डिकोटको पक्ष लिँदै आज गाडी नचलाउने व्यवसायीको इजाजत (रुट पर्मिट) आजै खारेज गर्ने भएको छ । 

इजाजत खारेजीको लागि गाडी नचलाउने समिति तथा व्यावसायीको तथ्यांक संकलनको काम देशभर भईरहेको छ । बेलुकासम्म तथ्यांक आएपछि त्यस तथ्यांकको आधारमा आजै रुट इजाजत खारेज गरिनेछ । 

विभागका महानिर्देशक रूपनारायण भट्टराईले विभिन्न जिल्लाबाट गाडी नचलाउनेको तथ्यांक संकलन भइरहेको र आजै विभागको बैठक बसी इजाजत खारेज गरिने बताएका छन् । विभागले यसअघि नै गाडी नचलाए एक दिनमै पर्मिट खारेज गर्ने र नयाँलाई एकै दिनमा पर्मिट दिने निर्णय गरेको थियो।

यातायात व्यवस्था विभागको साबिकमा रहेको १४ वटै यातायात कार्यालयबाट तथ्याङक संकलनको काम भैरहेको छ । ४ बजे अघिसम्म सार्वजनिक सवारी साधन तोकेको गन्तव्यमा नगुडाए व्यवसायीको रुट परमिट खारेजी हुनेछ ।

आजै बसिने बैठकमा पर्मिट खारेज गरेपछि रुट खारेज भएको सवारी के गर्ने भन्ने बिषयमा पनि छलफल हुनेछ । यस अघि विभागले पर्मिट खारेज गरेर सरकारले गाडी जफत गर्ने र जफत गरिएको गाडी सरकारले  चलाउने बताइएको थियो । सरकारले गाडी नचलाए जफत गरेर नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका ड्राइभरलाई गाडी चलाउन लगाउने बताएको थियो । सशस्त्र र प्रहरीसँगै झन्डै २१ सय ड्राइभर छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक