2026-10-15 11:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिलाको मृत्युपछि अस्पतालमा तनाव, मन्त्रालयद्धारा छानविन समिति गठन

वैशाख २१, सुर्खेत | मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा सुत्केरी हुन आएकी कालिकोटकी एक महिलाको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । अस्पतालमा सुत्केरी हुन आएकी कालिकोटको महावै गाउँपालिका–३ का मनिसा सिंहको मृत्यु भएपछि आफन्तले अस्पतालमा नारावाजी गरेका छन् ।

उपचारका लागि विहीबार बिहान कालागाउँस्थित क्षेत्रीय अस्पताल गएकी सिंहको शुक्रबार मृत्यु भएको थियो । डाक्टरको लापरवाहीले सिंहको मृत्यु भएको उनका आफन्तहरुको आरोप छ । सुत्केरी हुने दिन नजिकिए पछि सुरक्षित सुतकेरीका लागि कालीकोटबाट सुर्खेत झरेकी थिईन् । बैशाख १६ गते नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल गएकी सिंहलाई सुत्केरी व्यथा नलागे पछि चिकित्सकको सल्लाहमा घर फर्काइएको थियो ।

मनिसालाई  लिएर उनकी आमा कौशिला शाही विहीबार बिहान पुनः चेकजाँजका लागि क्षेत्रीय अस्पताल पुगेकी थिईन् । ‘सुत्केरी व्यथाको शुरुवाती चरण देखिए पछि छोरीलाई अस्पतालमा ल्याएका हौं’ मनिसाकी आमा कौशीलाले भनिन्, ‘विहीबार दिनभर छोरीको अवस्था सामान्य थियो, साँझ एक्कासी मिजा भन्ने औषधी राखेर छोरीलाई सुई लगाउँदा असहज शुरु भयो र शुक्रबार बिहान मृत्यु भयो ।’ एक छोरा र एक छोरीकी आमा मनिसाको मृत्यु डाक्टर र नर्सहरुको लापरवाहीले भएको कौशिलाको आरोप छ ।

मनिषाको शुक्रबार विहान ६ बजे नै मृत्यु पनि अस्पतालले साढे ८ बजे मात्रै मृत घोषित गरेको थियो । आफन्तले अस्पताल परिसरमा नारावाजी गर्दै प्रशासनमा तालावन्दी समेत गरेका थिए । घटनाको निष्पक्ष छानविनको माग राख्दै आफन्तले दोषी डाक्टर र नर्सलाई तत्काल कारवाहीको माग गरेका छन् । मनिषाको नाकबाट रगत समेत बगेको छ । आफन्तले डाक्टरले जवरजस्ती छातीमा चेप्दा छोरीको नाकबाट रगत बगेको आरोप लगाएका छन् ।

मनिषालाई सास फेर्न अप्ठ्यारो हुँदा नर्सलाई डाक्टरलाई बोलाई दिन आग्रह गर्दा पनि नबोलाएकाले समयमै उपचार नपाएरै छोरीको मृत्यु भएको कौशिलाको भनाई छ । घटनाको बचाउँ गर्दै क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डन डा. डम्बर खड्काले डाक्टर र नर्सहरुको लापरवाहीले मनिषाको मृत्यु नभएको दाबी गरे । खड्काले सुत्केरी वेथा लागि सके पछि एक्कासी फ्युड इम्बोलिजम हुँदा पानी फोक्सोमा प्रवाह भएर मनिषालाई बचाउन नसकिएको उनले बताए । ‘डाक्टरहरु अस्पताल परिसरमै हुन्छौं, कतै अप्रेशन गर्दा पुग्न केही ढिलाई भएको हुनसक्छ’ खड्काले भने, ‘अस्पतालमा आएका विरामीहरुलाई मार्ने हाम्रो उदेश्य हुँदैन तर मनिषाको हकमा फ्युड इम्बोलिजम हुँदा सिपिआर (मुखबाट अक्सिजन दिने  र छातीमा चेप्ने) विधि अपनाइएको हो, आफन्तले थिचेर मारे भन्ने आरोप गलत हो ।’

मनिषाको मृत्यु भए पछि घटनाको वास्तविकता बुझ्न प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही क्षेत्रीय अस्पताल कालागाउँ पुगेका थिए । मुख्यमन्त्रीले पछिल्लो सयम क्षेत्रीय अस्पतालमा एक पछि अर्को घटना हुन थालेपछि सरकारको ध्यानाकर्षण भएको भन्दै घटनाको सत्य तथ्य बुझ्न सरकारले छानविन समिति गठन गर्ने बताएका थिए ।

यसैबीच मनिषाको मृत्युबारे सत्य तथ्य बुझ्न स्वास्थ्य मन्त्रालयले छानविन समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख कन्सल्टेन्ट मेडिकल जनरललिष्ट डा. तारा पौडेलको संयोजकत्वमा गठित छानविन समितिमा मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रिता जोशी र एक जना जिल्ला प्रशासन कार्यालयका कर्मचारी रहने छन् । समितिले घटनाको स्थलगत छाविन गरी प्रतिवेदन बुझाउन मन्त्रालयले कार्यादेश दिएको बताइएको छ । शुक्रबार साँझसम्म पनि मनिषाको शव क्षेत्रीय अस्पतालमै राखिएको छ ।  

दुई बच्चा पेटमा मृत, अप्रेशन भएन

क्षेत्रीय अस्पतालमै दैलेखको ठाँटीकाँध गाउँपालिकाका चाकुरी वि.क.को पेटमा दुई बच्चा मृत अवस्थामा रहे पनि अस्पतालका डाक्टरले अप्रेशन गर्न मानेका छैनन् । तीन दिन अघि अस्पतालमा उपचारका लागि भर्ना भएकी चाकुरीको पेटमा बच्चा मृत भएको डाक्टरले नै पुष्टी गरे पनि अप्रेशन नगरेको दुखेसो उनको छ । १७ वैशाखम दैलेखमै जाँच गराएर १८ गते चाकुरी र उनका आफन्त हरि वि.क.सहित क्षेत्रीय अस्पताल आएका थिए ।

विहीबार भिडियो एक्सरे गर्दा  दुई वटै बच्चा मृत रहेको अस्पतालले हरिलाई जानकारी गराइसकेका थिए । दुई दिन वित्दा पनि अस्पतालले अहिलेसम्म चाकुरीको अप्रेशन नगरि दिएको हरीले दुखेसो पोखे । अस्पतालले समय लाग्छ भन्दै आफुलाई हप्काएको हरीको भनाई छ । तर अस्पतालले उनको अवस्था जटिल नरहेकाले डाक्टरहरुले निगरानी गरिरहेकाले स्वास्थ्य अवस्था हेरेर शल्यक्रिया गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो