२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

लागूऔषध नाईट्रोसन सहित ३ जना पक्राउ

२०७२, २२ भाद्र मंगलवार ०७:२६

अजयकुमार साह/भदौं २२, उदयपुर । जिल्ला
प्रहरी कार्यालय उदयपुरले लागु औषध सहित पक्राउ परेका तिन जनालाई आज मंगलबार पत्रकार सम्मेलन गरी
सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नं.
२ का बर्ष १८ का मनिष सिलवाल, त्रिनपा वडा नं.७ का बर्ष १८ कै विकास विक र सोही ठाउँ बस्ने बर्ष १८ का
सरोज घिमिरे रहेकाछन् ।

पक्राउ परेका सिलवालको साथबाट ३० थान
नाईट्रोसन, विक र सरोज घिमिरेको साथबाट २३ थान नाईट्रोसन र ५०० ग्राम गाँजा सहित पक्राउ परेको पत्रकार
सम्मेलनमा जानकारी गराईएकोछ ।

लागू औषध नियन्त्रण गर्न सुरक्षा निकाय सक्रिय भएपनि
लुकीछिपी ओसार पसार भईरहेको कारण सेवनमा समेत बृद्धि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव
उपरिक्षक सुरेन्द्र बहादुर गुरुङ्गले बताए । पक्राउ परेका तिनै जनालाई लागू औषध (सजाय र नियन्त्रण) ऐन
२०३३ अनुसार कारवाही अगाडी बढाउने उनले बताए ।

प्रनाउ
गुरुङ्गलले लागूऔषध सेवन र ओसार पसारमा युवाहरुको संलग्नता बढीरहेकोले नियन्त्रणका लागी प्रहरी मात्र
नभई सवै पक्षले समन्वय गरेर अगाडी बढ्नुपर्ने बताए ।

यता शान्ति
सुरक्षाका लागी प्रहरी सक्रियता बढे पनि उदयपुरमा विभिन्न अपराधका घटनामा उल्लेख्य वृद्धि भएको जनाईएको
छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्याङ्क अनुसार अघिल्लो बर्षको तुलनामा गतबर्ष मुद्दाको संख्यामा
बृद्धि भएको जनाएको छ । आर्थिक बर्ष ०७०।०७१ मा २४७ वटा मुद्दा दर्ता भएकोमा आर्थिक बर्ष ०७१/७२ मा बढेर
३०६ वटा पुगेको प्रहरी कार्यालयले जनाएको छ ।

आर्थिक बर्ष २०७२।०७३ को हालसम्मको अवधिमा विभिन्न
अपराधमा संलग्न २२ जनालाई पक्राउ गरि कार्वाही पक्रिया अगाडी बढाएको प्रनाउ गुरुङ्गले बताए ।

प्रहरीका अनुसार जवरजस्ती करणी, लागू औषध, झुण्डिएर आत्महत्या गर्नेको
संख्यामा उल्लेख्य वृद्धि भएको जनाएको छ । भने केही सार्वजनिक अपराधका घटनामा भने कमी आएको छ । अघिल्लो
बर्ष १२१ वटा सार्वजनिक अपराधका मुद्दा दर्ता भएकोमा गत बर्ष घटेर ५९ वटा मात्र दर्ता भएको जिल्ला
प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा