Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सर्लाहीमा दश वर्षिया बालिका बलात्कृत

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

सरोज यादव | वैशाख २४, सर्लाही | दश वर्षकी एक बालिकालाई बलात्कार गरेको आरोपमा आज सर्लाही प्रहरीले एकजना बुधलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतसंग सिमा जोडिएको पर्सा गाउँपालिका वडा न – ५ का ५० वर्षिय कारी भनिने हाकिम बैठा रहेको छ । उनले सोही ठाउँकी १० वर्षिया बालिकालाई करणी गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । घरमा एक्लै खेलिरहेको अवस्थामा ललाई फकाइ गरेर करणी गरेको बालिकाको अविभावकलाई उद्रित गर्दै प्रहरीले बताएको छ ।

जबर्जस्ती करणीका कारण गम्भीर अवस्थामा पुगेकी पिडित बालिकाको अहिले जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ भने आरोपी बैठालाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखेर अनुसंधान प्रक्रिया अघि बढाइएको छ ।

आरोपी बैठा उपर बलात्कारको मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवं एसपी मसाउद आलम खाँले जानकारी दिनुभएको छ ।