३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जिल्ला अदालत पर्वतको लक्ष्य भन्दा उपलब्धी धेरै

२४ चैत्र २०७२, बुधबार ०२:२९

पर्वत, जिल्ला अदालत पर्वतले तोकिएको भन्दा बढि उपलब्धी हासिल गरेको एक तथ्याङकले देखाएको छ । न्यायपालिकाको तेस्रो रणनीति योजना र अदालतको बार्षिक कार्ययोजनामा निर्धारण गरीएको लक्ष्य प्राप्ती तथा हालसम्म हासिल गरेको प्रगती विवरणबारे मंगलबार पत्रकार सम्मेलनमा सार्वजानिक गरिएको तथ्याङकमा  तोकिएको भन्दा बढी उपलब्धी हासिल गरेको देखिएको छ ।

आर्थिक बर्ष ०७२÷७३ मा २ सय ५८ लगतमा १ सय ८४ पछ्यौट भएको र ७४ वटा बाँकी रहेको तथ्याङकले देखाएको छ । चैत महिनासम्म कुल १ सय ९९ वटा मुद्धाको फैसला गर्नुपर्ने भएता पनि २ सय २५ मुद्धामा फैसला भएको हो । जसका कारण जिल्ला अदालत पर्वतले तोकिएको लक्ष्यभन्दा बढी  उपलब्धी हासिल गरेको हो । गत आ.वको ४५ लगतमा ४१ पछ्यौट र ४ जिम्मेवारी यसब बर्षको लागि थपिएको र यस आवमा प्रत्रिया अगाडी बढिरहेको जिल्ला अदालतका न्यायधिस मोहनराज भट्टराइले जानकारी दिए ।

मुद्धा एक बर्ष भित्रमा वा मुद्धाको प्रकृति हेरि फैसला गरीएको र एक बर्ष बाहिर नगएको न्यायधिस भट्टराईले बताए । दण्ड, जरिवाना बाट ५ करोड  लाख २६ हजार ५ सय ७६ पछ्यौट भएको र ६ करोड ५१ लाख ३२ हजार ५ सय ८८ बाँकी रहेको तथ्याङकमा उल्लेख छ । जसका लागि ४९ निवेदन परेकोमा ३० पछ्यौट भएको र १९ बाँकी रहेको देखाइएको छ । लगातार सुनुवाइ हुने मुद्धा अन्तरगत २४ लगतमा १६ पछ्यौट भएको र ८ बाँकी रहेको उल्लेख छ ।  विभिन्न प्रकृतिका मुद्धामा गरी थुनुवा मुद्धामा एक महिला र ५ पुरुष गरी ६ जना रहेका अदालतले जनाएको छ । भने ३२.२९ प्रतिशत कैद पछ्यौट गर्न बाँकी रहेको बताइएको छ ।

IMG_20160405_120823
आ.व ०७१÷७२ मा उत्कृष्ठ लक्ष्य

जिल्ला अदालत पर्वतको बार्षिक स्थीति हेर्न हो भने तीन आर्थिक बर्षमध्ये  आ.व ०७१÷७२ मा उपलब्धी राम्रो भएको देखिएको छ । २ सय ३६ लगतमा १ सय ९१ पछ्यौट  गरेको छ भने ४५ वटा मुद्धा बाँकी रहेको छ जस अनुसार उक्त आवमा ८०÷९३ प्रतिशत उपलब्धी भएको देखिएको छ ।

आ.व ०७०÷७१ मा २ सय ६४ लगत मध्ये १ सय ९२ पछ्यौट र ७२ बाँकी रहेको देखाइएको छ जस अनुसार ७२÷७३ प्रतिशत कार्य भएको देखिएको छ भने आ.व ०६९÷७० मा २ सय ३४ मध्ये १ सय ६२ पछ्यौट भएको र ७२ बाँकी रहेको जस अनुसार ६९ प्रतिशत कार्य भएको तथ्याङकले देखाएको छ ।

सम्बन्ध विच्छेदका घटना बढे

जिल्ला अदालतमा सम्बन्ध विच्छेदनका घटनाहरु गत बर्षका तुलनामा बढेको पाइएको छ । गत बर्ष ४८ लगतमा ४३ पछ्यौट भएको र ५ जिम्मेवारी यस बर्षको लागि थपिएको थियो भने यस बर्ष ५० वटा सम्बन्ध विच्छेदनका मुद्धा परेको र ४१ पछ्यौट र १४ बाँकी रहेको जिल्ला अदालत वर्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ