२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ग्याँसको कालोवजारी प्रशासनको फन्दामा छैन भन्ने उवासंघको मुखमा ताला

२०७२, २४ चैत्र बुधबार १३:२८

gas1 पर्वत, सर्वसाधारण उपभोक्ताले खाना पकाउने ग्याँसको अभाव झेलिरहदा केही व्यापारी भने लुकाएर बढी मूल्य पार्ने दाउमा लागेको पाईएको छ । खाना पकाउने ग्यासमा कालोवजारी गर्ने पर्वतका केही कालो व्यापारीहरु जिल्ला प्रशासनको फन्दामा परेका छन् । ग्याँसमा कालोवजारी भयो भन्ने सर्वसाधारणको व्यापक गुनासो पछि प्रशासनले बुधवार बजारमा छड्के अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा केही व्यापारीले गोदाममा ग्याँस सिलिण्डर लुकाएको अवस्थामा फेला परेको प्रशासनका अनुगमन अधिकारीहरुले बताए । कुश्मामा ग्याँस विक्रेतामध्येका सुरेन्द्र स्टोर्सले लुकाएर राखेको १३ वटा सिलिण्डर ग्याँस प्रशासनले जफत गरेको छ । सो स्टोर्सका संचालकले प्रशासनका अधिकारीलाई सोधपुछको क्रममा आफूसित ५ वटा मात्र सिलिण्डर भएको बताएका थिए तर अनुगमनको क्रममा बढी ग्याँस सिलिण्डर फेला परेको सहायक जिल्ला अधिकारी सुवास लामिछानेले बताए ।

उनले मूल्य एक भरि ग्याँस बरावर ६ हजार सम्म लिई विक्री गर्दै आएको उजुरी परेको बताईएको छ । सुरेन्द्र स्टोर्सका संचालक सुरेन्द्र प्रसाद शर्मा उवासंघ पर्वतका निर्वाचित सदस्य समेत हुन् । भने अर्को स्नेहा किराना स्टोर्सबाट ८ वटा ग्यास सिलिण्डर प्रहरीले नियन्त्रणमा लिएको छ । यता वारी बेनीमा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललको नेतृत्वमा गएको अनुगमन तोलीले  नारायण रेग्मीकोबाट लिइएका ६३ वटा भेटेको छ भने  ग्याँस मध्ये ५८ वटा लाईन लगाएर बाडिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाले  बताएका छन् ।

gas 2
विक्रेताहरुले लुकाई राखेका ति ग्याँसहरु बढि मूल्यमा विक्रि गर्ने गरेको बताइएको छ । ती ग्याँसहरु प्रहरीले स्थानीय उपभोक्तालाई वितरण गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक दिपक पातलीले जानकारी दिनुभयो । यता लामो समय देखि कालोबजारी बढिरहेका बेला प्रशासनले गरेको कामलाई स्थानियहरुले प्रसंसा गरेका छन् ।

उवासंघ पर्वतका सदस्य नै ग्याँस सिलिण्डर लुकाएर कालोबजारी तिर लागेपछि सर्वसाधारण उपभोक्ता झनै मर्कामा पर्ने देखिन्छ । यता उद्योगवाणिज्य संघका पदाधिकारी बजारमा कालोबजारी छैन भन्दै आएका छन् । उवासंघको सदस्य नै कालोवजारीको आरोपमा समातिनुले संघको मुखमा ताला लागेको सर्वसाधारण उपभोक्ता बताउँछन् ।

कालोबजारीको आरोपमा समातिएका शर्माका विरुद्ध मौखिक उजुरी आएपनि लिखित उजुरी भने उजुरीकर्ताले नगर्दा कारवाही गर्न केही असहज भएको प्रशासनको तर्क छ । आफूले भरि ग्याँस लुकाएर राखेको भएपनि सर्वसाधारणलाई विक्री नगर्ने तर बढी मूल्यमा मात्र व्यापारीले विक्री गर्ने गरेको भनी प्रशासनमा उजुरी परेकोमा यतिखेर मात्र प्रशासनले चासो देखाएको छ । प्रशासनले कालोवजारीलाई कडा कारवाही गर्ने भनिरहदा अब कारवाहीलाई कसरी निरन्तरता दिन्छ भन्ने सवैमा चासो बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु