१ चैत्र २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ग्याँसको कालोवजारी प्रशासनको फन्दामा छैन भन्ने उवासंघको मुखमा ताला

२४ चैत्र २०७२, बुधबार १३:२८

gas1 पर्वत, सर्वसाधारण उपभोक्ताले खाना पकाउने ग्याँसको अभाव झेलिरहदा केही व्यापारी भने लुकाएर बढी मूल्य पार्ने दाउमा लागेको पाईएको छ । खाना पकाउने ग्यासमा कालोवजारी गर्ने पर्वतका केही कालो व्यापारीहरु जिल्ला प्रशासनको फन्दामा परेका छन् । ग्याँसमा कालोवजारी भयो भन्ने सर्वसाधारणको व्यापक गुनासो पछि प्रशासनले बुधवार बजारमा छड्के अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा केही व्यापारीले गोदाममा ग्याँस सिलिण्डर लुकाएको अवस्थामा फेला परेको प्रशासनका अनुगमन अधिकारीहरुले बताए । कुश्मामा ग्याँस विक्रेतामध्येका सुरेन्द्र स्टोर्सले लुकाएर राखेको १३ वटा सिलिण्डर ग्याँस प्रशासनले जफत गरेको छ । सो स्टोर्सका संचालकले प्रशासनका अधिकारीलाई सोधपुछको क्रममा आफूसित ५ वटा मात्र सिलिण्डर भएको बताएका थिए तर अनुगमनको क्रममा बढी ग्याँस सिलिण्डर फेला परेको सहायक जिल्ला अधिकारी सुवास लामिछानेले बताए ।

उनले मूल्य एक भरि ग्याँस बरावर ६ हजार सम्म लिई विक्री गर्दै आएको उजुरी परेको बताईएको छ । सुरेन्द्र स्टोर्सका संचालक सुरेन्द्र प्रसाद शर्मा उवासंघ पर्वतका निर्वाचित सदस्य समेत हुन् । भने अर्को स्नेहा किराना स्टोर्सबाट ८ वटा ग्यास सिलिण्डर प्रहरीले नियन्त्रणमा लिएको छ । यता वारी बेनीमा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललको नेतृत्वमा गएको अनुगमन तोलीले  नारायण रेग्मीकोबाट लिइएका ६३ वटा भेटेको छ भने  ग्याँस मध्ये ५८ वटा लाईन लगाएर बाडिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाले  बताएका छन् ।

gas 2
विक्रेताहरुले लुकाई राखेका ति ग्याँसहरु बढि मूल्यमा विक्रि गर्ने गरेको बताइएको छ । ती ग्याँसहरु प्रहरीले स्थानीय उपभोक्तालाई वितरण गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक दिपक पातलीले जानकारी दिनुभयो । यता लामो समय देखि कालोबजारी बढिरहेका बेला प्रशासनले गरेको कामलाई स्थानियहरुले प्रसंसा गरेका छन् ।

उवासंघ पर्वतका सदस्य नै ग्याँस सिलिण्डर लुकाएर कालोबजारी तिर लागेपछि सर्वसाधारण उपभोक्ता झनै मर्कामा पर्ने देखिन्छ । यता उद्योगवाणिज्य संघका पदाधिकारी बजारमा कालोबजारी छैन भन्दै आएका छन् । उवासंघको सदस्य नै कालोवजारीको आरोपमा समातिनुले संघको मुखमा ताला लागेको सर्वसाधारण उपभोक्ता बताउँछन् ।

कालोबजारीको आरोपमा समातिएका शर्माका विरुद्ध मौखिक उजुरी आएपनि लिखित उजुरी भने उजुरीकर्ताले नगर्दा कारवाही गर्न केही असहज भएको प्रशासनको तर्क छ । आफूले भरि ग्याँस लुकाएर राखेको भएपनि सर्वसाधारणलाई विक्री नगर्ने तर बढी मूल्यमा मात्र व्यापारीले विक्री गर्ने गरेको भनी प्रशासनमा उजुरी परेकोमा यतिखेर मात्र प्रशासनले चासो देखाएको छ । प्रशासनले कालोवजारीलाई कडा कारवाही गर्ने भनिरहदा अब कारवाहीलाई कसरी निरन्तरता दिन्छ भन्ने सवैमा चासो बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अवैध आप्रवासीमाथि अमेरिका थप कठोर बन्दै, फेरि दुई नेपाली निकालिए  ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्र प्रहरीका नायब निरीक्षक सई पक्राउ ललितपुरमा चुङ्गी खेल्ने विषयमा विवाद हुँदा २ किशोरमाथि चक्कु प्रहार, २ जना पक्राउ प्रधानमन्त्री ओलीको अभिव्यक्ति हटाएपछि फिल्म ‘राजागञ्ज’ प्रदर्शनमा सुर्खेतमा गुडिरहेको गाडीबाट हामफाल्दा एक जनाको मृत्यु धनुषाधाममा बस दुर्घटना: ३६ जना घाइते, कस्तो छ घाइतेहरुको अवस्था?(अपडेट) एक सय ७८ जना सवार अमेरिकी एयरलाइन्सको विमानको इन्जिनमा आगलागी भएपछि.. ३० दिने युद्धबिराम गर्न पुटिन तयार, राखे यी तीन सर्तहरू यस वर्ष को बन्लान् महामूर्ख ? यस्तो छ महामूर्ख सम्मेलनको इतिहास धनुषाधाममा बस दुर्घटना हुँदा २८ जनाभन्दा धेरै घाइते आज एकैदिन ४ हजारले बढ्यो सुनको मूल्य साहित्यकार लीलबहादुर क्षेत्रीको निधन संघीय संसद अन्तर्गत आज अर्थ समितिको बैठक बस्दै सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोपले अस्पतालमा क्षमताभन्दा बढी बिरामी वुमन्स डे कप : आज अन्तिम खेल हङकङसँग खेल्दै नेपाल समाजवादी मोर्चाको बैठक आज बस्दै आज तराईका जिल्लामा होली पर्व मनाइँदै शुक्रबारको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर आज देशका अधिकांश भाग सफा रहने त्रिभुवन विमानस्थलमा अवतरण गर्न लाग्दा एयर अरेबियाको जहाज ‘मिस एप्रोच ओभरसुट’