१० माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्रामीण क्षेत्रमा ऊर्जाको विकास आवश्यक

२ जेष्ठ २०७५, बुधबार ०७:४८

जेठ २ काठमाडौँ | ग्रामीण क्षेत्रको विकासका लागि त्यहाँ रहेको ऊर्जालाई सदुपयोग गर्नुपर्नेमा सहभागी वक्ताले जोड दिएका छन । 

ग्रामीण प्रविधि उत्पादक संघ र गाउँपालिका राष्ट्रिय महासंघद्वारा संयुक्त रुपमा अज यहाँ आयोजिते छलफल कार्यक्रममा उनीहरुले गाउँपालिकामा आगामी वर्षका लागि बन्ने नीति, कार्यक्रम र बजेटमा नवीकरणीय ऊर्जालाई समेट्नुपर्ने आवश्यकता औल्याउनुभयो । 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले देशभरका ४६० गाउँपालिकामध्ये ११९ गाउँपालिका अहिलेसम्म पनि ऊर्जाविहीन रहेकाले ग्रामीण क्षेत्रमा ऊर्जाको विकास जरुरी रहेको बताउनुभयो । 

“ग्रामीण क्षेत्रमा ऊर्जाको विकासका लागि केन्द्रले आर्थिक तथा भौतिक सहयोग गर्न तयार छ,”– उहाँले भन्नुभयो । 

गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले ग्रामीण क्षेत्रको उन्नत्तिका लागि ऊर्जा प्रविधि महत्वपूर्ण भएको उल्लेख गर्दै ग्रामीण क्षेत्रमा ऊर्जाको विकासका लागि गाउँपालिकाका जनप्रतिनिधिसँग छलफल गर्नु आवश्यक छ भन्नुभयो । 

पूर्वमन्त्री गणेश शाहले ग्रामीण क्षेत्रमा ऊर्जाको विकासका लागि सोही गाउँपालिकामा रहेका ऊर्जाको दिगो सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल लघु जलविद्युत् विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद देवकोटाले ग्रामीण क्षेत्रमा रहेको साना जलविद्युत् संस्थाको अध्ययन गरेर आगामी बजेट बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

जेठभित्र पहिलो चरणमा प्रदेश नं ३ का ७४ गाउँपालिकाका अध्यक्षसँग आगामी योजनामा ऊर्जालाई कसरी समेट्न सकिन्छ भन्ने बारेमा छलफल गरिने र त्यसपछि मुलुकका सातै प्रदेशका गाउँपालिकाका अध्यक्षसँग छलफल गरिने ग्रामीण प्रविधि उत्पादक संघका अध्यक्ष हस्त पण्डितले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारसम्बन्धीका कानून परिमार्जन गरिन्छ : श्रममन्त्री भण्डारी ट्रम्पको घोषणाविरूद्ध पानामाले दियो राष्ट्र संघमा उजुरी रविको थुनछेक बहस: थुनछेकको औचित्य नभएको भन्दै सरकारी वकिल र श्रीमानबीच नोकझोक महानगरले दिएन चिनियाँ दूतावासलाई ठमेलमा ‘स्प्रिङ फेस्टिबल’ गर्ने अनुमति रविलाई प्रहरीको सट्टा परिवारको जिम्मा लगाएको भन्दै इजलासमा उठ्यो प्रश्न १२० नेपालीलाई डिपोर्ट गर्दै पोर्चुगल ! सप्तरीमा १५ वर्षीया किशोरीको बलात्कार, प्रतिकार गर्ने क्रममा किशोरीको हात भाँचियो स्याङ्जामा भेटिएको सेनाद्वारा बम डिस्पोज भीम रावलको पक्षमा लागेको भन्दै अछामका ६ जना एमालेवाट निष्काषित कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाए मलेसियाको ‘मस्ट वान्टेड’को सूचीमा दुई नेपाली कामदार क्यानडामा एक नेपाली छात्रामाथि सामूहिक बलात्कार रेड नोटिस जारी भएका व्यक्ति ओमानबाट पक्राउ कपिल शर्मा, राजपाल यादव र रेमो डिसुजालाई ज्यान मार्ने धम्की बुधवार सन्दीपले गराए शल्यक्रिया, केही दिन अस्पतालमै बस्नुपर्ने एनआरएनएको एकता महाधिवेशन मे ३ देखि ५ सम्म काठमाडौंमा हुने (कार्यविधि सहित) रवि लामिछानेविरुद्ध थुनछेक बहस जारी भारतको महाराष्ट्रमा रेलले किच्दा ४ नेपालीको मृत्यु (अपडेट) भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या १३ पुग्यो भने ३ नेपालीको सनाखत च्याम्पियन्स लिग : रेडबुल साल्जबर्गविरुद्ध रियलको सानदार जित