२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

राहदानी थन्काएर तरकारी खेती

२०७२, २७ चैत्र शनिबार ०५:३०
पर्वत– बिहु–४ बागलुङका तुलसीराम कडेलले सात वर्षअघि वैदेशिक रोजगारीमा गएर छोटो समयमा धेरै रकम कमाउने योजना बनाए। राहदानी बनाएर विभिन्न दलाल र मेनपावरसम्म उनी दुई वर्षसम्म धाइरहे। घरबाट काठमाडौं जानेआउने गर्दैमा उनले लाखौं रुपैयाँ सकाए। तर, वैदेशिक रोजगारीमा जान असफल रहे।
वैदेशिक रोजगारीमा राम्रो कामको ग्यारेन्टी नभएपछि राजधानीबाट फर्केर कृषि फार्ममा हात हालेका कडेलले अहिले राम्रो कमाइ गर्न थालेका छन्। पर्वतको नाग्लीवाङ–९ का राजन सापकोटा र बागलुङ नगरपालिका–१० कुडुलेका टिकाराम सापकोटासँग मिलेर कृषि फार्म सञ्चालन गरेका कडेलले साउदी अरेबिया, कतारलगायत खाडी मुलुकमा गएर कमाउने पैसा आफ्नै घरगाउँमा कृषिबाटै कमाउन थालेको सुनाए। ‘साउदी अरेबिया, कतार गएकाले कमाउने भनेको बढीमा ३०/४० हजार नै हो, त्यो हामीले यही कमाउने गरेका छांै,’ कडेलले भने।

पर्वतको नाग्लीवाङ–९ फोर्सेमा १६ रोपनी जग्गा भाडामा लिएर तीन वर्षअघि कृषि फार्म सुरु गरेका उनीहरूले आफ्नो परिवारका साथै अन्य तीनजनालाई रोजगारी समेत दिएका छन्। फार्ममा गरेको लगानीसमेत उठाइसकेका उनीहरूले पाँच/पाँच लाख रुपैयाँ गरी १५ लाख लगानी गरेका छन्। कृषि फार्ममा टमाटर, काउली, बन्दा, गाजर, सिमी, मुला, भान्टा, लौका, जुकेनी, करेला, काँक्रोलगायत तरकारी उत्पादन गर्दै आएको कडेलले बताए।

एक लाख ५० हजार वार्षिक रुपमा भाडा तिर्नेगरी जग्गा लिएर तरकारी उत्पादनमा हात हालेका उनीहरूले उत्पादन भएको तरकारी बागलुङ बजार, पर्वतको मिलनचोक, वारिबेनी, कुश्माबजार, मालढुंगा र म्याग्दी सदरमुकाम बेनीबजार पुर्यारउने गरेका छन्। ‘उत्पादन भएको तरकारीले बजारको माग थेग्न सकेको छैन,’ कडेलले भने, ‘विषादी नराखी जैविक मलमात्रै प्रयोग गरेको तरकारी किन्न तँछाडमँछाड हुन्छ।’

सुरुमा विषादी प्रयोग गरी तरकारी उत्पादन गरे पनि त्यसलाई कम गर्दै हटाउन थालेको उनले बताए। तरकारी खेतीमा भएको कमाइले तीनै जना अहिले खुसी छन्। ‘बाच्नका लागि मुख्य आधार नै कृषिलाई सम्झेर यसैमा लागेका हौ,’ उनले भने, ‘कृषिलाई छाडेर अन्य पेसा अगाल्ने कल्पना पनि गरेका छैनौं।’

कडेलसँगै तरकारी खेतीमा हातेमालो गरेका राजन र टिकारामले पनि तरकारी खेतीबाट सन्तुष्ट रहेको बताए। ‘घरपरिवारको खर्च चलाउन र केही रकम बचत गर्न सकेका छौं,’ राजनले नागरिकसँग भने, ‘कतार, मलेसिया, साउदी अरेबिया जानेको कमाइ पनि यस्तै हो।’

उनीहरूको तरकारी फार्मलाई जिल्ला कृषि विकास कार्यालयले प्राविधिक सहयोगका साथै खेत जोत्ने हाते ट्याक्टरसहित ५० हजार रुपैयाँ सहयोग गरेको छ। ‘वैदेशिक रोजगारीमा युवा विदेश पलायन भइरहेको समयमा आफ्नै मुलुकमा त्यसमा पनि कृषि पेसा अगाल्नु राम्रो उदाहरण हो,’ वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले भने, ‘कार्यालयले दिन सक्ने प्राविधिक र आर्थिक सहयोग दिइरहेका छौं।’ –आजको नागरिकमा खबर छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार