2026-07-25 05:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाहिरियो सुन तस्करीका मुख्य नाइके गोरेले सनम सहितलाई यातना दिएको भिडियो (भिडियो हेर्नुहोस्)

जेठ ३, मोरङ | बहुचर्चित सुन काण्डका नाइके गोरे उर्फ चुडामणि उप्रेतीले सनम शाक्य लगायतलाई चरम यातना दिएको भिडियो सार्वजनिक भएको छ । गोरेले उर्लाबारी–७ का सनम शाक्य, कृष्ण कार्की र उर्लाबारी–४ का मने काफ्लेलाई चरम यातना दिएको भिडियो सार्वजनिक भएको हो  । 

उनले तीनै जनालाई पालैपालो करेन्ड लगाउँदै यातना दिएका थिए । यातनाकै क्रममा सनम शाक्यको मृत्यु भएसँगै गोरेको सुन तस्करीका कनेक्सन बाहिर आएको थियो । सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या मुद्दामा प्रतिवादीतर्फका कानुन व्यबसायीले बिहीबारसम्म ४२ जनाले बहस गरेका छन् । मोरङ जिल्ला अदालत समक्ष ‘थुनछेक बहसमा’ प्रतिवादीतर्फका कानुन व्यबसायीहरुले सुरु गरेको पाँचौ दिन बिहीबार सात जना कानुन व्यबसायीहरुले मात्र बहस गरे । अन्य दिनको तुलनामा भन्दा पाँचौ दिन कम संख्यामा प्रतिवादीतर्फका कानुन व्यवसायीहरुले बहस गरेका हुन् । बिहीबार राजु महर्जनको पक्षमा हेमराज पन्तले बहस गरेका थिए । एलपी भन्ने लालबहादुर मगरको पक्षमा अधिवक्ता मुक्तिानाथ सुवेदी र यज्ञप्रसाद सिवाकोटीले बहस गरे । भुजुङ्ग गुरुङको पक्षमा देवी बहादुर घिमिरेले बहस गरेका थिए । 

त्यस्तै अधिवक्ता शंकर थापाले डियसपी प्रजित केसी र अमरमान डंगोलको पक्षमा प्रतिरक्षा गर्दै बहस गरेका थिए । पूर्व डिआइजी गोविन्द निरौलाको पक्षमा अधिवक्ता भानुभक्त निरौला र रमेश कोइरालाले बहस गरेका थिए । उनीहरुले प्रतिवादीतर्फबाट बहस गर्दै अभियुक्तहरुको प्रतिरक्षा गर्दै बहस गरे । यस अघि ३५ जना प्रतिवादीतर्फका कानुन व्यबसायीहरुले अभियुक्तको बचाउँदै गर्दै बहस गरिसकेका छन् । बादीको तर्फबाट सरकारी वकिलहरुले बहस शुक्रबार सकिएपछि प्रतिवादीतर्फका कानुन व्यवसायीहरुले आइतबारदेखी थुनछेक बहस सुरु भएको हो । यो मुद्दाका ६३ प्रतिवादीमध्ये प्रहरी नियन्त्रणमा रहेका ३० जना अभियुक्तहरुको तर्फबाट ६८ जना कानुन व्यवसायीहरुले बहस गर्नेछन् ।

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक