२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीका स्थानीय तहका जनप्रतिनिधिहरुको यस्तो गुनासो

२०७५, ५ जेष्ठ शनिबार ०५:४२

जेठ ५, मलंगवा | सर्लाहीका स्थानीय तहका जनप्रतिनिधिहरुले जनचाहना अनुसारको काम गर्न नसकेको बताएका छन् ।

हरिपुर नगरपालिकाका मेयर जमरुद्दिन मंसुरले स्थानीय सरकारमा कर्मचारी तन्त्रलाई बलियो बनाएकाले सोंचे जस्तो काम गर्न नसकेको बताउनुभयो ।हरिपुरमा मेयर मंसुर सँग कुरा नमिलेपछि प्रमुख प्रशासकिय अधिकृत यादव सापकोटा केही दिन पहिला काम छाडेर जानुभएको थियो ।उहाँको ठाउँमा भर्खरै नयाँ उपसचिव सरुवा भएर आउनुभएको छ ।नगरपालिका बोर्डको बैठकले निर्णय गरेपनि कार्यान्वयनको जिम्मा भने कर्मचारीहरुको अधिनमा रहेको छ ।

अधिकांश स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत र लेखाका कर्मचारीहरु माथि जनताको कामलाई असहज बनाउने भुमिका खेल्ने गरेको आरोप छ ।गाउँ र जनताको लागि केही गरौं भन्ने भावना राखेका नगर तथा गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष र वडाअध्यक्षहरु कर्मचारीहरुका असहयोगका कारण सफल हुन सकिरहेका छैनन् ।बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोले लामो समय सम्म स्थानीय निकायको चुनाव नभएको ले वर्षौ सम्म एकलौटी रुपमा काम गरेका कर्मचारीलाई एकाएक जनप्रतिनिधिको सर्बोच्चता स्विकार गर्न मुस्किल परेको हुनसक्ने बताउनुभएको छ ।उहाँले जनप्रतिनिधिहरुमा अनुभवको समेत अभाव भएकाले काम गर्दा केही त्रुाटि हुनसक्ने उल्लेख गर्दै कर्मचारीहरुले पुरानो शैलीलाई बदल्न जरुरी रहेको बताउनुभयो ।

तर कर्मचारीहरु भने जनप्रतिनिधिहरुले स्थानीय तह संचालन सम्बन्धि ऐन, कानुन र नियम नबुझेको गुनासो गरेका छन् ।जनप्रतिनिधिहरुमा पनि जितको अहंकार बसेको देखिन्छ ।यस्तो अवस्थामा सबैले आ-आफ्नो कमीकमजोरी लाई सुधारेर जनतालाई जतिसक्दो सेवा दिनुपर्ने जानकारहरु बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी