२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा ससुराली पक्षको कुटाइबाट एक महिला गम्भीर घाइते

६ जेष्ठ २०७५, आईतवार १६:४२

जेठ ६, सर्लाही | सर्लाहीको दक्षिणी भेगमा पर्ने विष्णु गाउँपालिकामा एक महिलामाथी निर्घात कुटपीट भएको छ । 

विष्णु गाउँपालिका वडा नं. ६ सीमरा गाउँकी २६ वर्षीया गुड्डीदेवी सिंहलाई सासु सिमा देवी ,ससुरा राजेन्द्र ठाकुर श्रीमान अजित कुमार सिंह र नन्द मिलेर निर्घात कुटपीट गरेका हुन् । गुडुदेवीको पाँच वर्षअघि २०७१ साल वैशाख महिनामा स्थानीय अजित कुमार सिंहसँग वैवाहिक सम्बन्ध गाँसिएको थियो । छोरीमाथी बिना कारण घरका सबै जना मिलेर कुटपीट गरेको पीडित गुडुदेवीका बुवा चन्द्रनगर गाउँपालिका वडा न– ६ निवासी शम्भु चौधरीले आरोप लगाउनुभयो । कुटपिटबाट घइते भएकी छोरीलाई सीमरामा सामान्य उपचार गराई थप उपचारका लागि जिल्ला अस्पताल मलंगवामा भर्ना गराएको चौधरीले जानकारी दिनुभयो । पिडितको टाउको र खुट्टामा ठुलो चोट लागेको छ ।

एक छोरा र एक छोरीकी आमा गुडुदेवीलाई सासु, ससुरा र श्रीमान स्वंयमले किन कुटेको भन्ने कारण खुलेको छैन् । छोरीमाथी पटक–पटक कुटपीट हुने गरेको बुवा चौधरीले दावी गर्नुभयो । उहाँले मानव अधिकारबादीको सहयोगमा छोरीकी ससुराली पक्षका विरुद्धमा न्यायका लागि प्रहरीमा जाहेरी दिने बताउनुभयो । 

तराईमा विभन्न बाहानामा बुहारीलाई यातना दिने क्रम नरोकिएको मानवअधिकारकर्मीहरु बताउँछन् । शिक्षा र चेतनाको कमिको साथै समाजमा आफ्नो बर्चस्व देखाउनकै लागि पनि महिलामाथि हिंसा हुनेगरेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो