२०८२, २९ माघ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया, बंगलादेश हुँदै भारतमा फैलियो ज्यानमारा भाइरस, नेपालमा खतरा छ कि छैन ?

२०७५, ८ जेष्ठ मंगलवार ०६:०६

जेठ ८, काठमाडौं । भारतको केरलामा पछिल्लो दुई हप्तामा एक भाईरसको कारण एकै परिवारका तीन जनाको मृत्यु भइसकेको छ भने अरु धेरै यसबाट पीडित छन् । निपाह नाम गरेको भाईरसले त्यहाँ मृत्युको जोखिम बढाइरहेको हो । 

केरलाको तटीय शहर कोझिकोडमा उक्त भाईरसको त्रास फैलिएपछी त्यसको नेपालमा समेत असर पर्छ कि भन्ने आशंका छ । यो भाइरसको खास नाम एनआईभी भयेपनि सबैभन्दा पहिले सन् १९९८ मा मलेसियाको कम्पुङ सुगाई निपाह भन्ने ठाउँमा पत्ता लागेको थियो । त्यसपछि त्यो भाइरसलाई ‘निपाह’ राखिएको हो । त्यतिबेला सुँगुरको माध्यमबाट यो भाइरस सरेको थियो ।

तर, त्यसपछि जहाँजहाँ एनआईभीको बारेमा थाहा भयो, यस भाइरस फैलिने माध्यम सुँगुर थिएन । २००४ मा बंगालादेशमा केही व्यक्ति संक्रमित भएका थिए । उनीहरुले खजुरको रुखबाट निस्किने तरल पदार्थ खाएका थिए । यो तरल पदार्थसम्म भाइरस लैजाने चमेराहरु थिए, जसलाई ‘फ्रुट ब्याट’ भनिन्छ । त्यसपछि यो भाइरस चमेरा हुँदै एक व्यक्तिबाट अर्को व्यक्तिसम्म सरेको पुष्टि भयो ।

नेपालको तराई मधेसको जिल्लामा पनि खजुरको रुखबाट निस्किने तरल पदार्थ संकलन गरेर गर्मीको समयमा खाने गरिन्छ । ‘ताडी’ भनिने यस तरल पदार्थ नशालु हुन्छ । तर, यदि चमेरो आउँछ भने ताडी नखानु उपयुक्त हुने चिकित्सकहरु बताउँछन् । 

भारतीय संचार माध्यम एनडीटीभीका अनुसार केरला राज्यका स्वास्थ्यमन्त्री केके शायलजाले भने यस भाइरसको प्रकृति पूर्णरुपमा पत्ता लागिनसकेको बताएका थिए । उनका अनुसार मृतकको बिरामीको पछाडि कुन भाइरस छ, यो अझै रहस्यमै छ ।

मृतकको रगत लगायतका नमूना परीक्षणका लागि पुणेस्थित नेशनल वायरोलोजी इन्सटिच्युटमा पठाइएको छ ।

तर, मृतकका छिमेकीहरुले स्वास्थ्य अधिकारीहरुलाई ति तीनै जनाले एक फल खाएको देखेका थिए । उनीहरुको आइतबार मृत्यु भयो । इन्डियन एक्सप्रेसका अनुसार तीनैजनाको मृत्युको १२ घण्टाभित्र कोझिकोड र मलप्पुरमा यही लक्षणका साथ थप आठ जनाको मृत्यु भएको छ । तर, यो भाइरस के हो र कसरी फैलिएको छ ? कसरी यो यति खतरनाक हुन्छ र ज्यान नै जान्छ ? भन्ने कुराको अनुसन्धान जारी छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार निपाह भाइरस (एनआईभी) निकै छिटो फैलिने भाइरस हो जसले जनावर र मानिसलाई गम्भीर रुपमा बिरामी बनाउँछ ।

केके हुन्छ बिरामीको लक्षण ? 

यस्तो भाइरसको संक्रमण भएमा मानिस वा जनावरलाई यस बिरामीबाट निको बनाउन हालसम्म कुनै पनि औषधि वा सुई बनेको छैन । राष्ट्रिय रोग नियन्त्रण केन्द्रका अनुसार निपाह भाइरसको इन्फेक्सन इन्सफ्लाइटिससँग सम्बन्धित छ जसले दिमागमा क्षति पुर्‍याउँछ । यो भाइरस पाँचदेखि १४ दिनसम्म शरिरभित्र पर्‍यो भने तीनदेखि १४ दिनसम्म उच्च ज्वरो आउँछ र टाउको पनि असाध्यै दुख्छ ।

मानिसमा एनआईभी संक्रमण भयो भने श्वास प्रस्वास सम्बन्धी गम्भीर समस्या देखिन्छ र, ज्यानमारा इन्सफ्लाइटिस पनि हुनसक्छ । यो लक्षण देखिएको २४ देखि ४८ घण्टाभित्र बिरामी कोमामा पुग्नसक्छ । संक्रमणको शुरुआती चरणमा सास फेर्न गाह्रो हुन्छ । केही विरामीहरुलाई स्नायूसम्बन्धी समस्या पनि हुन्छ ।

सन् १९९८–९९ मा जब यो रोग फैलियो तब यस भाइरसबाट २६५ जना पीडित भएका थिए । अस्पतालमा भर्ना भएकामा ४० प्रतिशत विरामीमा स्नायू सम्बन्धी समस्या थियो र उनीहरुको मृत्यु नै भयो ।

आमरुपमा यो भाइरस मानिसहरुको सम्पर्कमा आउने चमेरा, सुँगुर वा यो भाइरसबाट संक्रमित दोस्रो व्यक्तिबाट फैलिन्छ । मलेसिया र सिंगापुरमा यो भाइरस सुँगुरमार्फत फैलिएको पत्ता लागेको थियो जबकी भारत र बंगलादेशमा व्यक्तिबाट व्यक्तिमार्फत् सर्ने खतरा धेरै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थगनमा परेका आयोजनाको रकम फुकुवा हुने क्रम जारी छ: अर्थमन्त्री खनाल राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ