२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

पत्रकार दनुवारमाथि आन्दोलनकारीको दुब्र्यवहार, एप्रोन डायरी र कलम जलाईदिए

२०७२, २४ भाद्र बिहीबार ०४:५६

अजयकुमार साह, भदौ २४, उदयपुर ।
हिमालय टेलिभिजनका उदयपुर सम्बाददाता यमन दनुवारलाई आन्दोलनकारीहरुले विहिबार बिहान अन्दाजी ११ः३०
विहानको समयमा सिरहाको लहानमा दुब्र्यवहार गरेका छन् ।

patrakar

लहानबजारको सप्तऋषी हस्पिटल नजिकै
आन्दोलनकारीहरुको एक समूहले पत्रकार दनुवारलाई बन्दको फोटो खिच्ने क्रममा दुब्र्यवहार गरेको पत्रकार
दनुवारले बताउनुभयो । पत्रकार हो भन्दै परिचय दिएपनि आन्दोलनकारीहरुले आफुहरुको समाचार प्रकाशन प्रशारण
नगरिदिएको भन्ने आक्रोश पोख्दै दुब्र्यवहार गरेको पत्रकार दनुवारले बताउनुभयो । पत्रकार दनुवारले लगाइ
राखेको हिमालय टेलिभिजनको एप्रोन, परिचयपत्र, डायरी र कलमसमेत खोसेर च्यात्दै जलाएको दनुवारले जानकारी
गराएकाछन् ।

पत्रकार दनुवारले प्रयोग गरेको बा.९ प. ४०३९ नम्बरको यमहा वाईबिएकस मोटरसाईकलसमेत
जलाउन खोजेका आन्दोलनकारीहरुबाट भागेर बचेर गाईघाट आईपुग्नु भएको थियो । स्थानीय संघीय राज्य
साप्ताहिकका प्रकाशक सम्पादकसमेत रहेका पत्रकार दनुवार नेपाल पत्रकार महासंघ शाखा उदयपुरका कार्यसमिति
सदस्य, आदिबासी जनजाति पत्रकार महासंघका केन्द्रिय सदस्य र क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय
सदस्य हुनुहुन्छ ।

सिरहाका प्रमूख जिल्ला अधिकारी मानबहादुर विश्वकर्माले पत्रकारमाथि
दुब्र्यवहार भएको जानकारी पाएको बताउनुभयो । आन्दोलनको नाममा घुसपेठ बढेको र त्यसले पत्रकार लगायत
नागरिकको असुरक्षा बढ्नुका साथै आन्दोलन अनियन्त्रित बन्दै गएकोले आज (विहिबार) दिउसो २ बजेदेखि
दंगाग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय समेत भएको उहाँले जानकारी दिनुभयो ।

यसैबीच नेपाल पत्रकार
महासंघ शाखा उदयपुरले पत्रकार दनुवारमाथिको दुब्र्यवहारको घोर भत्सर्ना गरेको छ । त्यसैगरी आदिबासी
जनजाति पत्रकार महासंघ उदयपुरले पनि घटनाको कडा भत्सर्ना गर्दै पत्रकार सुरक्षाको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने