२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीको मलंगवामा रहेको ब्रम्हभुमी हेल्थ केयर सेन्टरको यस्तो लापरबाही

१० जेष्ठ २०७५, बिहीबार ०२:०७

जेठ १०, सर्लाही | सर्लाहीको सदरमुकाम मलंगवाका एक निजी अस्पतालका डाक्टरको गैरजिम्मेवारीपन व्यवहार तथा लापरबाहीका कारण भर्खरै जन्मेको एक नवजात शिशु जीवन मरणको संघारमा पुगेको छ । 

मलंगवा वडा – ८ मा डा.राकेश कुमार सिहले संचालन गरेको ब्रम्हभुमी हेल्थ केयर सेन्टरमा प्रसुती गराउन आएकी मुस्लिम समुदायकी एक स्थानीय महिला डिस्चार्ज हुने बेला अस्पतालको बिल बमोजिमको शुल्क मध्येबाट केही रकम बुझाउन बाँकी भएको भन्दै बच्चा जन्मेको बेलादेखि नै थप उपचारका लागि बाहिरलाने सिरियस कन्डिसनमा रहेको अवस्थामा पनि पुरा पैसा नतिरुन्जेल  तीन घण्टा सम्म रोकेर नवजात शिसुको अवस्था चिन्ताजनक स्थितीमा पुर्याएको छ ।

घटना अनुसार मलंगवा नगरपालिका वडा न-५ निवासी जुल्फेकार मिकरानीकी भाई बुहारी २५ वर्षिया किश्मत खातुनको सुत्केरी हुने समय पूरा भइ मंगलबार बिहानै  उनलाई वडा न-८ स्थित ब्रम्हभुमी हेल्थ केयर सेन्टरमा भर्ना गराइयो ।सोही दिन बच्चा पनि नर्मल अवस्थामा जन्मियो । तर बच्चाको स्वास्थ्य अवस्था हेर्दा केही खराब देखिएकोले ब्रम्हभुमी हेल्थ का संचालक समेत रहनु भएका डा.राकेश कुमार सिंहलाई बच्चाको कन्डिसनको बारेमा जानकारी गराउँदा डाक्टर म हो कि तपाईं हो ? भनी सुत्केरी महिलाका जेठाजु जुल्फेकारलाई उल्टै झपारेर पठाएका थिए । 

बच्चाको अवस्था झनझन बिग्रिदै गइरहेकोले थप उपचारको लागि भारतको सितामढी लानु पर्छ भनि पारिवारिक सल्लाह अनुसार उक्त अस्पतालबाट डिस्चार्जको लागि भन्न जाँदा डाक्टर सिहले नर्मल डिलेभरी हुँदापनि २४ हजार रुपैयाँको बिल देखाए ।तत्काल अस्पतालको पूरा खर्च दिन सक्ने अवस्था नरहेको र थप उपचारको लागि समेत खर्च लाग्ने भएकोले २४ हजार मध्ये बाट २० हजार रुपैया दिएर बाँकीको ४ हजार मेरो छोरा आएर दिनेछ भन्दा समेत डा. सिहले नमानेको र सिरियस अवस्थामा पुगिसकेका बच्चा र आमालाई लगातार तीन घण्टा सम्म रोकेर राखेको पिडित पक्षले बताएका छन् । 

यसरी उपचारको क्रममा हेल्चेक्राइ गर्ने र केही पैसाको लागि बिरामीलाई रोकेर राख्ने यस्ता डाक्टरलाई कार्यवाही गर्नुपर्ने माँग गर्दै पिडित पक्षले डा.सिह उपर आज (बुधबार )जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका छन् । जिप्रका सर्लाहीका अनुसार डा.सिंहको विरुद्धमा यस भन्दा अघि पनि पटकपटक उजुरी परिसकेको र उनको अस्पताल गैरकानुनी रुपमा संचालन भइरहेको पाइएकोले उनी उपर नेपालको प्रचलित कानुन अनुसार कार्यवाही प्रक्रिया अगाडी बढाइने बताएको छ । अहिले नवजात शिसुको सितामढीमा उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो