2026-10-15 11:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वन मन्त्रालयमा किचलो: रिसको झोकमा मन्त्रीका पिएलाई सचिवले थुनाए

जेठ १०, सुर्खेत | कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको विवाद छताछुल्ल भएको छ । लामो समयदेखी मन्त्रालयका मन्त्री र सचिवविच बोलचालै बन्द थियो । मन्त्रालयका मन्त्री नन्दसिंह बुढालाई सचिव विद्यानाथ झाले असहयोग गर्दै आइएको आरोप लागेको थियो । तर बुधबार मन्त्रीका स्वकीय सचिव डम्बर बुढालाई सचिव झाले प्रहरीलाई बोलाएर पक्राउ गर्न लगाएपछि मन्त्रालयभित्रको विवाद देखिनेगरी छताछुल्ल भएको हो ।

बुधबार दिउसो मन्त्रालयमा पुगेका स्वकीय सचिव बुढाले सचिव झालाई मन्त्रीको भ्रमण आदेश स्वीकृत गर्न फोन गरेका थिए । आफ्नै कार्यकक्षमा नभएका सचिवले रिसको झोकमा प्रहरी बोलाएर बुढासहित अन्य दुई जना सेवाग्राहीलाई प्रहरीले पक्राउ गरेको थियो । ‘बुधबार विवाद केही भएको हैन, म मन्त्रालयमा गएर मन्त्रालयकै ल्याण्डलाईन फोनबाट सचिवलाई भम्रण आदेश स्वीकृत गर्नु छ कार्यकक्षमा आउनुहोस् भनेको हुँ’ बुढाले भने,–‘१५ मिनेटपछि मन्त्रालयमा प्रहरी आएपछि सचिवलाई हातपात गर्ने को हो भन्दै मसहित अन्य दुई जना सेवाग्राहीलाई प्रहरीले जिप्रका ल्यायो ।’ स्रोतले दिएको जानकारी अनुसार यसअघि नै मन्त्रीसंगको विवादमा मुछिएका सचिव झाले रिसको आवेगमा बुढालाई पक्राउ गर्न लगाएको आरोप छ । मन्त्रालयको कार्य सम्पादनमा असहयोग गरेका झाले मन्त्री नभएको झोकमा मन्त्रीकै स्वकीय सचिवलाई पक्राउ गर्न लगाउनु गलत भएको स्रोतको ठहर छ । स्वकीय सचिव बुढाले मन्त्रालयमा आफू मात्रै गएको र अरु कोही व्यक्तिलाई नलिएको दावी गरे ।

मन्त्रीलाई सबै काममा सहयोग गरिरहेको बचाउँ गर्दै सचिव झाले बुधबारको घटनाबारे आफू अनविज्ञ रहेको प्रतिक्रिया दिए । ‘म मन्त्रालयको माथिल्लो तलामा अरु नै काम गर्दै थिए, तल हो हल्ला भएछ प्रहरीले उनीहरुलाई लगेछ’ सचिव झाले भने,–‘मन्त्रीको स्वीकय सचिव पक्राउ गर्न प्रहरीलाई फोन गरेकै छैन् ।’ सचिव झाका अंगरक्षकले ८÷१० जनाको समूह ल्याएर बुढाले हो–हल्ला गरेपछि प्रहरी आएर उनीहरुलाई लिएको बताए । प्रहरीले मन्त्रीका स्वकीय सचिवसहित अन्य दुई जनालाई पक्राउ गरेको छ । तर सचिव झा बुधबार दिउँसो नै जिल्ला प्रहरी कार्यालयमा पुगेर प्रक्रिया अघि नबढाउन प्रहरीलाई जानकारी गराइसकेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रहरी प्रमुख श्यामसिंह चौधरीले सचिव झाले बुधबार भएको विवाद बारे जानकारी गराएको र स्वकीय सचिव बुढासंग थप बुझेर विवाद सल्टाउने जानकारी दिए । ‘वास्तविक विवाद के हो भन्ने विषयमा बुझ्दैछु’ चौधरीले भने,–‘दुवै पक्षका कुरा सुनेर के गर्ने भन्ने विषयमा टुंगो लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु