२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा मोबाइल फोन सेवा अवरुद्ध

२०७५, ११ जेष्ठ शुक्रबार ०८:२०

जेठ ११ डोल्पा | विद्युत्भार कटौतीका कारण डोल्पामा मोबाइल फोन सेवा अवरुद्ध हुँदै आएको छ । 

विद्युत्भार कटौतीका कारण ठूलीभेरी नगरपालिकाअन्तर्गत जुफालमा रहेको मोबाइल टावरको सेवा नियमित हुन नसक्दा मोबाइल सेवा प्रभावित भएका हुन् । 

जुफालस्थित मोबाइल टावर सञ्चालनका लागि राखिएको सोलार ब्याट्रिले काम नगरेपछि विद्युत् आएकोे दिनमात्र टावर दिने र विद्युत् नआएको दिन दिनमा दश घण्टासम्म नमस्ते र स्काइ मोबाइल सेवा बन्द हुने गरेको बताइएको छ । 

फोनमा ढुक्कसँग कुरा गर्न पनि बत्ती आउने दिननै कुर्नुपर्ने भएकाले सर्वसाधारण लामो समयदेखि मर्कामा पर्दै आएका छन् । विद्युत् अभावका कारण मोबाइल सेवा प्रभावित हुन थालेपछि सर्वसाधारणलाई लामो समयदेखि सञ्चारको असुविधा हुँदै आएको छ । 

सदरमुकाम दुनैमा रहेको जैरीगाड जलविद्युत् आयोजनाबाट नियमित बत्ती आपूर्ति नहुँदा नियमित टावर सञ्चालनमा समयस्या देखिएको नेपाल दुरसञ्चार कार्यालय डोल्पा शाखाले जनाएको छ । 

“मोबाइल टावर राखिएको स्थान जुफालको बत्ती पालो परेको दिनमा माबाइलमा टावर हुन्छ, पालो नपरेको दिन भने राति ९ बजे देखि नै काटिएको टावर भोलि बिहान ७ बजे पछि मात्र आउँछ” त्रिपुरासुन्दरी नगरपालिका– १ का स्थानीय नैनानन्द देवकोटाले भन्नुभयो । 

“विकट जिल्लामा फोन सम्पर्कको एकमात्र माध्यम मोबाइल टावरमा समेत समस्या हुँदा सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको छ, राति बिरामी पर्दा डक्टर बोलाउनु परेमा वा तत्काल कसैसँग सम्पर्क गर्न खोज्दा मोबाइलमा टावर नै हुँदैन” उहाँले भन्नुभयो । 

जुफालमा रहेको टावरलाई नियमित सञ्चालन गर्नका लागि सोलार थप्न माग गर्दै पटक÷पटक नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जमा पत्राचार गरे पनि सुनुवाइ नभएको दुरसञ्चार कार्यालय डोल्पाका प्रमुख दयाविक्रम केसीले बताउनुभयो । 

नेपाल टेलिकम क्षेत्रीय दुरसञ्चार कार्यालय नेपालगञ्जका प्रमुख प्रकाश प्रधानका अनुसार यदि डोल्पाली जनतालाई टेलिफोन सेवामा असुविधा भएको हो भने जुफालमा सोलार थप्नका लागि तत्काल काम कारबाही अगाडि बढाउने बताउनुभयो । 

ठूलीभेरी नगरपालिकाको कार्यालय जुफालले लेन्डलाइन फोन र एडिएसएल इन्टरनेट सेवाको माग गरेकाले उक्त सेवा सञ्चालनका लागि पनि जुफालको टावरमा पनि सोलार थप्ने क्षेत्रीय प्रमुख प्रधानको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने