२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गणतन्त्रमा समृद्धिको अपेक्षा

१५ जेष्ठ २०७५, मंगलवार ०२:०९

जेठ १५, बागलुङ | मुलुकमा गणतन्त्र आएको एक दशक नाघेको छ । गणतन्त्रप्रति नागरिकका अपेक्षा यद्यपि पूरा हुन बाँकी छन् । नयाँ संविधान जारी हुनु, संघीय राज्य व्यवस्था बन्नु तथा तीनै तहको निर्वाचन हुनु गणतन्त्रमा भएका सुखद् घटना हुन् । ठूलो संघर्ष र बलिदानको जगमा प्राप्त गणतन्त्र संस्थागत हुने बाटामा छ । 

नागरिक समाज बागलुङका संयोजक काजी गाउँले श्रेष्ठ सामान्य नेपालीले गणतन्त्रको अनुभूति गर्न नपाएको बताउनुहुन्छ । “न्यूनतम भए पनि जनमुखी कार्यक्रम ल्याउनुपर्छ,”, उहाँले भन्नुभयो, “नागरिकलाई गणतन्त्र आएको महसुस गराउनुपर्छ ।” उहाँले उच्च पद, ओहोदा र वर्गका मानिसलाई मात्र गणतन्त्र फलदायी भएको टिप्पणी गर्नुभयो । नागरिकको जीवन व्यवहारमा गणतन्त्र लागू हुन बाँकी नै रहेको उहाँको भनाइ छ । 

ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती आशामुखी हुनुहुन्छ । “गणतन्त्रकै कारण आज हामी यो ठाउँ र भूमिकामा छौँ”, उहाँले भन्नुभयो, “गाउँमै बसेर सरकार चलाएका छौँ ।” उहाँ जनताले लडेर ल्याएको गणतन्त्र अहिले फक्रने क्रममा रहेको बताउनुहुन्छ । “बजेट, योजना बनाउनेदेखि ऐन, कानून बनाउनेसम्म सबै काम स्थानीय तहमै हुन्छन्”, उहाँले भन्नुभयो, “गणतन्त्रको यो भन्दा सुन्दर अभ्यास अरु के हुन सक्छ ?” स्रोत, साधन, जनशक्ति अभाव जस्ता कारणले कार्यक्षमता कम भए पनि नागरिकको सेवामा दृढ भएर लाग्ने उहाँको भनाइ छ । 

नेपाली काँग्रेस बागलुङका सभापति दीपेन्द्रबहादुर थापाले गणतन्त्रमा नागरिक खुशी र सुखी हुनुपर्ने बताउनुभयो । “हामीले गणतन्त्र ल्याएको मुलुकको विकास होस्, सबैले न्याय पाऊन्, समृद्धि आओस् भनेर हो”,उहाँले भन्नुभयो, “दलहरु सधैँ नागरिकको अभिभावक भएर काम गर्नुपर्छ ।” परिवर्तनको अनुभूति दिलाउने गरी सरकारले गर्ने काममा काँग्रेसले सँधै सहयोगीको भूमिका खेल्ने उहाँको भनाइ छ । 

प्रदेशसभा सदस्य एवं नेकपा बागलुङका नेता चन्द्रबहादुर बुढाले गणतन्त्रलाई नागरिकको बीचमा स्थापित गर्नुपर्ने बताउनुभयो । “राज्यका तीनै तहमा स्थिर सरकार छ, अहिले काम गर्ने धेरै अवसर छ”, उहाँले भन्नुभयो, “हाम्रा नीति, कार्यक्रम, कार्यशैली सबैमा गणतन्त्रको अनुभूति झल्कनुपर्छ ।” उहाँले संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा लानुपर्ने बताउनुभयो । 

गणतन्त्रात्मक राज्यका मूलभूत मान्यताहरुलाई आत्मसात् नगरी नागरिकको जीवनमा परिवर्तन ल्याउन नसकिने उहाँको बुझाइ छ । संविधानबाट संविधान बन्नु, संघीयता कार्यान्वयन हुनु र तीनै तहको निर्वाचनले गणतन्त्र संस्थागत भएको राजनीनिक नेतृत्वको दाबी छ । 

गणतन्त्र प्राप्तिकै संघर्षमा पति गुमाउनुभएकी दिलमाया रोका पनि न्यायपूर्ण, समुन्नत र समृद्ध समाज निर्माणमा जोड दिनुहुन्छ । गणतन्त्र स्थापनामा शहीद र तिनका परिवारको विशिष्ट योगदानलाई राज्यले बिसर्न नहुने उहाँको भनाइ छ । “देश बदल्ने संकल्प लिएर हामी संघर्षमा होमियौँ, प्रियजन गुमायौं”–उहाँले भन्नुभयो, “बलिदानबाट आएको गणतन्त्रलाई लक्ष्यमा पु¥याउनुपर्छ ।” 

समृद्धिको लक्ष्य हासिल गर्न राष्ट्रिय पूँजीको निर्माण, स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धन र ठूला विकास आयोजना सञ्चालनमा जोड दिइनुपर्छ । स्वाधीन अर्थतन्त्र, रोजगारी सिर्जना र नागरिकका आधारभूत आवश्यकता परिपूर्ति हुन सके परिवर्तनको अनुभूति नागरिकले गर्न सक्नेछन् । कठोर संघर्षको बलबाट निरकुंश राजतन्त्रलाई हटाएर प्राप्त गरेको गणतन्त्रको सुदृढ र संस्थागत विकासमा सबैको योगदानको जरुरी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जब भारतीय विदेशमन्त्रीले आरजुलाई सोधे: नेपालमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो? रवि फेरी हिरासतमा: अदालतअघि प्रधानमन्त्रीविरुद्ध उत्तेजक नाराबाजी मन्त्रिपरिषद्ले के-के गर्‍यो निर्णय ? सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार आजपनि सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश विश्वकप अघिको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित परराष्ट्रमन्त्री राणालाई प्रश्नः नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को हो? शेयर बजार लगातार ओरालो, कारोबार कति ? मिर्गौला फेल हुनुभन्दा पहिले पिसाबले दिन्छ यस्ता संकेत स्वर्णलक्ष्मी सहकारी ठगि प्रकरण: सरकारी वकिलको बहस सकियो आमनागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार होः उपप्रमुख डंगोल ‘दल फुटाउने र मिलाउने काम मेरो होइन, त्यस्तो अध्यादेश आउँदैन’: प्रधानमन्त्री ओली लस एन्जलस क्षेत्रमा आगलागी: उक्त क्षेत्रका नेपालीहरूको के छ अवस्था? झारखण्डमा प्रिन्सिपलले छात्रालाई सर्ट खोल्न बाध्य पारेको घटना सार्वजनिक रविविरुद्ध सरकारी वकिलको बहस- ‘उहाँ जत्तिको मान्छेलाई कानुनको अनभिज्ञता क्षम्य हुनै सक्दैन’ विपिन जोशीको तस्बिर-अंकित प्लेकार्ड बोकेर तेल अभिभमा इजरायलीद्वारा प्रदर्शन स्विस बैंकमा मेरो पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु: प्रधानमन्त्री ओली अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो माघका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छुः परराष्ट्रमन्त्री देउवा