Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गणतन्त्रमा समृद्धिको अपेक्षा

२०७५, १५ जेष्ठ मंगलवार ०२:०९

जेठ १५, बागलुङ | मुलुकमा गणतन्त्र आएको एक दशक नाघेको छ । गणतन्त्रप्रति नागरिकका अपेक्षा यद्यपि पूरा हुन बाँकी छन् । नयाँ संविधान जारी हुनु, संघीय राज्य व्यवस्था बन्नु तथा तीनै तहको निर्वाचन हुनु गणतन्त्रमा भएका सुखद् घटना हुन् । ठूलो संघर्ष र बलिदानको जगमा प्राप्त गणतन्त्र संस्थागत हुने बाटामा छ । 

नागरिक समाज बागलुङका संयोजक काजी गाउँले श्रेष्ठ सामान्य नेपालीले गणतन्त्रको अनुभूति गर्न नपाएको बताउनुहुन्छ । “न्यूनतम भए पनि जनमुखी कार्यक्रम ल्याउनुपर्छ,”, उहाँले भन्नुभयो, “नागरिकलाई गणतन्त्र आएको महसुस गराउनुपर्छ ।” उहाँले उच्च पद, ओहोदा र वर्गका मानिसलाई मात्र गणतन्त्र फलदायी भएको टिप्पणी गर्नुभयो । नागरिकको जीवन व्यवहारमा गणतन्त्र लागू हुन बाँकी नै रहेको उहाँको भनाइ छ । 

ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती आशामुखी हुनुहुन्छ । “गणतन्त्रकै कारण आज हामी यो ठाउँ र भूमिकामा छौँ”, उहाँले भन्नुभयो, “गाउँमै बसेर सरकार चलाएका छौँ ।” उहाँ जनताले लडेर ल्याएको गणतन्त्र अहिले फक्रने क्रममा रहेको बताउनुहुन्छ । “बजेट, योजना बनाउनेदेखि ऐन, कानून बनाउनेसम्म सबै काम स्थानीय तहमै हुन्छन्”, उहाँले भन्नुभयो, “गणतन्त्रको यो भन्दा सुन्दर अभ्यास अरु के हुन सक्छ ?” स्रोत, साधन, जनशक्ति अभाव जस्ता कारणले कार्यक्षमता कम भए पनि नागरिकको सेवामा दृढ भएर लाग्ने उहाँको भनाइ छ । 

नेपाली काँग्रेस बागलुङका सभापति दीपेन्द्रबहादुर थापाले गणतन्त्रमा नागरिक खुशी र सुखी हुनुपर्ने बताउनुभयो । “हामीले गणतन्त्र ल्याएको मुलुकको विकास होस्, सबैले न्याय पाऊन्, समृद्धि आओस् भनेर हो”,उहाँले भन्नुभयो, “दलहरु सधैँ नागरिकको अभिभावक भएर काम गर्नुपर्छ ।” परिवर्तनको अनुभूति दिलाउने गरी सरकारले गर्ने काममा काँग्रेसले सँधै सहयोगीको भूमिका खेल्ने उहाँको भनाइ छ । 

प्रदेशसभा सदस्य एवं नेकपा बागलुङका नेता चन्द्रबहादुर बुढाले गणतन्त्रलाई नागरिकको बीचमा स्थापित गर्नुपर्ने बताउनुभयो । “राज्यका तीनै तहमा स्थिर सरकार छ, अहिले काम गर्ने धेरै अवसर छ”, उहाँले भन्नुभयो, “हाम्रा नीति, कार्यक्रम, कार्यशैली सबैमा गणतन्त्रको अनुभूति झल्कनुपर्छ ।” उहाँले संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकलाई विकास र समृद्धिको नयाँ युगमा लानुपर्ने बताउनुभयो । 

गणतन्त्रात्मक राज्यका मूलभूत मान्यताहरुलाई आत्मसात् नगरी नागरिकको जीवनमा परिवर्तन ल्याउन नसकिने उहाँको बुझाइ छ । संविधानबाट संविधान बन्नु, संघीयता कार्यान्वयन हुनु र तीनै तहको निर्वाचनले गणतन्त्र संस्थागत भएको राजनीनिक नेतृत्वको दाबी छ । 

गणतन्त्र प्राप्तिकै संघर्षमा पति गुमाउनुभएकी दिलमाया रोका पनि न्यायपूर्ण, समुन्नत र समृद्ध समाज निर्माणमा जोड दिनुहुन्छ । गणतन्त्र स्थापनामा शहीद र तिनका परिवारको विशिष्ट योगदानलाई राज्यले बिसर्न नहुने उहाँको भनाइ छ । “देश बदल्ने संकल्प लिएर हामी संघर्षमा होमियौँ, प्रियजन गुमायौं”–उहाँले भन्नुभयो, “बलिदानबाट आएको गणतन्त्रलाई लक्ष्यमा पु¥याउनुपर्छ ।” 

समृद्धिको लक्ष्य हासिल गर्न राष्ट्रिय पूँजीको निर्माण, स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धन र ठूला विकास आयोजना सञ्चालनमा जोड दिइनुपर्छ । स्वाधीन अर्थतन्त्र, रोजगारी सिर्जना र नागरिकका आधारभूत आवश्यकता परिपूर्ति हुन सके परिवर्तनको अनुभूति नागरिकले गर्न सक्नेछन् । कठोर संघर्षको बलबाट निरकुंश राजतन्त्रलाई हटाएर प्राप्त गरेको गणतन्त्रको सुदृढ र संस्थागत विकासमा सबैको योगदानको जरुरी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ