जेठ १६ सर्लाही। जिल्ला प्रहरी कार्यालय सर्लाही दुई साता देखि प्रहरी उपरीक्षक (एस पी) प्रमुख विहिन भएको छ ।
प्रहरी उपरीक्षक मसाउद आलम खाँ को ठाउँमा हेडक्वाटरले नयाँ एपी नपठाएकोले जिप्रका सर्लाही प्रमुख विहिन बनेको हो ।
उहाँको ठाउँमा हृदय थापा आउने भनिए पनि को आउने भन्ने निश्चित नभएकोले अहिले प्रहरी प्रवक्ता एवं डिएसपी राजेश थापाले निमित्त प्रमुखको पद सम्हालिराख्नु भएको जिप्रका सर्लाहीले जानकारी दिएको छ ।