2026-10-15 12:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गैरसरकारी संस्थाले कर्णालीलाई परनिर्भर बनाएः मुख्यमन्त्री शाही

जेठ १७, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले इयूका प्रतिनिधिलाई कर्णालीको आवश्यकतामा आधारित विकासका काम गर्न सुझाउनु भएको छ । 

बुधबार नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिका कोडी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटवार्तामा मुख्यमन्त्री शाहीले यो सुझाव दिनुभएको हो । सानातिना सहयोगका नाममा गैरसरकारी संस्थाले कर्णालीलाई परनिर्भर बनाएको औँल्याउँदै मुख्यमन्त्री शाहीले भन्नुभयो, “दिगो प्रतिफल निकाल्ने गरी न्यूनतम रु एक करोडभन्दा माथिको लगानी गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससलाई स्थान दिन्छौँ ।” 

कर्णालीका महिला तथा बालबालिकाको पोषण क्षेत्रमा काम गर्दै आएकोप्रति यूरोपियन युनियनलाई धन्यवाद दिँदै उहाँले भन्नुभयो, “युनियनको मापदण्डमा मिल्छ भने प्रथमतः कर्णालीको पूर्वाधार विकासमा सहयोग गर्नुस्, जसले अहिले पनि घण्टौँ पिठ्यूँमा नानी बोक्ने महिलालाई सघाउनेछ ।” कर्णालीमा चामल, चाउचाउ, बिस्कुट बाँड्ने गैससले यहाँका नागरिकमा परनिर्भरता बढाएको उहाँको भनाइ थियो । 

उहाँले कर्णाली सरकार यतिबेला यो प्रदेशको विकासका लागि दूरगामी योजना बनाइरहेको छ र अब निकट भविश्यमै लगानीकर्तालाई आकर्षण गर्ने हेतुले अन्तर्राष्ट्रिय लगानी सम्मेलन कर्णालीमा गर्ने तयारीमा रहेको बताउनुभयो । सबै गैससलाई एकद्वार प्रणालीमा आएर काम गर्न पनि उहाँले आग्रह गर्नुभयो । 

राजदूत कोडीले युनिसेफको साझेदारीमा नेपाल सरकारसँगको सहकार्यमा बहुक्षेत्रीय पोषण योजनाको काम गर्दै आएको र अब दोस्रो चरणको कार्यक्रम शुरु गर्न थालिएको बताउनुभयो । औसतमा नेपालमा ३७ प्रतिशत बालबालिका पुड्को रहेकोमा कर्णालीमा ६७ प्रतिशतमा पुड्कोपन देखिएको राजदूत कोडीले बताउनुभयो । 

“हामीले भर्खरै कालीकोटमा बहुक्षेत्रीय पोषण योजना अनुगमन गरेर आयौँ, स्थानीय तहका जनप्रतिनिधि र महिलासँग छलफल ग¥यौँ, राम्रै प्रभाव देखियो,” राजदूत कोडीले भन्नुभयो । कुपोषणले यहाँको स्वास्थ्य अवस्थामा मात्र नभएर विकासमा पनि असर पार्ने कुरालाई ध्यानमा राखेर इयूले २.२ मिलियन यूरो छुट्याएको उहाँको भनाइ थियो । 

उहाँले इयूको कूल बजेटको ६० प्रतिशत बजेट पोषणमा खर्च गर्दै आएको उहाँले जानकारी दिनुभयो । भेटघाटमा राजदूत कोडी, युनिसेफका नेपाल प्रतिनिधि टोमु होजुमीसहितको टिमले कर्णाली प्रदेश सरकारसँग हातेमालो गरेर विकास साझेदार भएर काम गर्ने बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा