2026-07-25 09:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब निजामति कर्मचारीको उमेरहद कति ? यस्तो छ मन्त्रालयको प्रस्ताव

जेठ १७, काठमाडौं । निजामति कर्मचारीको उमेरहद ५८ वर्ष कायम राख्ने प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानून मन्त्रालयमा पठाएको छ।

प्रशासन सुधार सुझाव समितिले कर्मचारीको उमेर हद दुई वर्ष थप गरी ६० वर्ष बनाउन सुझाव दिए पनि मन्त्रालयले ५८ वर्ष नै राख्ने गरी प्रस्ताव गरेको छ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित पनि कर्मचारीको उमेरहद बढाउने पक्षमा छैनन्। कानून मन्त्रालयले प्रस्ताव स्वीकृत गरेपछि उमेर हद ५८ वर्ष नै कार्यान्वयनमा आउने भएको छ।

नेपालीको औसत आयु पहिलेभन्दा अहिले बढेको तथा अनुभवी कर्मचारीलाई सेवामै राख्दा कामकाज थप प्रभावकारी हुने भन्दै प्रशासन सुधार सुझाव समितिका संयोजक काशीराज दाहालले ६० वर्ष उमेरहद राख्न सुझाव दिएको थियो।

लोक सेवा आयोगले पनि कर्मचारीको उमेर हद ६० वर्ष बनाउन भनेको थियो। उमेरहद बढाउँदा नयाँ पुस्ताका कर्मचारीले अवसर नपाउने भन्दै आलोचना हुने गरेको छ। २०४९ सालसम्म ६० वर्ष रहेको उमेर हद त्यसपछि झारेर ५८ कायम गरिएको थियो।

यस्तै मन्त्रालयले संघीय निजामति ऐनको खाका तयार गर्दैछ। जेठभित्रै संसदमा पेश गर्ने तयारीका साथ काम भइरहेको अधिकारीले बताए। ऐनले पार्टीगत ट्रेड युनियन खारेज गरी एउटै आधिकारिक कर्मचारी ट्रेड युनियन मात्रै राख्ने गरी ऐन बनाउँदैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक