२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

बलात्कारको प्रयास गर्ने तीन जना आरोपीत पक्राउ

२०७५, १८ जेष्ठ शुक्रबार ०३:२८

लोकेन्द्र प्रशाद जोशी | जेठ १८, दार्चुला | दार्चुलामा २१ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तीन जना आरोपितलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेहरुमा नौगाड गाउँपालिका ३ का ३५ वर्षीय बिक्रमसिह ठगुन्ना, ४३ वर्षीय पुने धामी र ४५ वर्षीय सागर धामी रहेका छन् ।

पीडित महिलाले जेठ १५ गते मंगलबार प्रहरी चौकी दल्लेखमा बलात्कार प्रयास भएको भन्दै उजुरी दिएका थिए । प्रहरी चौकी दल्लेखले पीडितको उजुरीलाई जेठ १६ गते जिल्ला प्रहरी कार्यालय दार्चुला पठाएपछि बुधबार राती तीनै जना आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी इन्सपेक्टर लालबहादुर साउँदले जानकारी दिनुभयो ।

प्रहरीले उजुरीको आधारमा बिहीबार जबरजस्तीकरणी उद्योग अन्तर्गत मुद्धा दर्ता गरेको छ  । जिल्ला अदालतबाट थप अनुसन्धानको लागि म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित महिलाको जेठ १६ गते राती जिल्ला स्वास्थ्य कार्यालय दार्चुलामा स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी