२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रि–मनुसनमै वीरेन्द्रनगरका केही भाग जलमग्न्न, के हो प्री–मनसुन ?

२०७५, १८ जेष्ठ शुक्रबार ०३:५९

जेठ १८, सुर्खेत | मनसुन सुरु हुन अगावै परेको पानीले वीरेन्द्रनगरका केही भाग जलमग्न भएका छन् । वीरेन्द्रनगर वडा नम्बर ४ को सिद्धपाइला चौकदेखी उत्तरी टोलमा बिहिबार दिउसो परेको पानीले जलमग्न भएको हो ।

वीरेन्द्रनगर क्षेत्रमा प्रभावकारी ढल निकास हुने नालीको व्यवस्थापना नहुँदा नागरिकले सास्ती झेल्न परेको छ । निर्माधिन फोरलेन सडकको उत्तरी र दक्षिण किनारामा उचित नाली निर्माण नहुँदा सडक किनाराका नागरिकहरुको घरहरु डुवान हुने गरेका छन् । ‘वर्षात अगावै पर्ने पानीमा वस्ती डुवान हुने गरेका छन्’ स्थानीय कपिल थापाले, ‘वर्खामा लामो समयसम्म पर्ने पानीले कति समस्या होला । सरोकारवाला निकायले समयमै नालीको व्यवस्थापन नगर्दा नागरिकले सास्ती ब्यहोर्नु परेको छ ।’ वीरेन्द्रनगरको वुद्धपथबाट भएर बग्ने बाढीले तल्लो बजार क्षेत्रका नागरिकहरुले सास्ती झेल्नु परेको छ । फोरलेन सडक निर्माणको क्रममा यरिचौक नजिकैको चाइनपूलदेखी पूर्व र बसपार्कसम्म ढल निकासको विवादमा सडक कालोपत्रे हुन सकेको छैन् । वुद्धपथ र कुइनेपानी क्षेत्रबाट आउने ढल र वर्षातको बाढीले गण्डकी लाइन र वसपार्क क्षेत्रको वस्ती डुवान हुनेगरेपछि स्थानीयले नै अवरोध गर्दै आएका छन् । स्थानीयहरुले यी दुवै नाकाबाट आउने ढल र बाढीलाई पूर्वमा इत्राम खोला र पश्चिममा खोर्के खोलासम्म नाली खनेर निकास दिन माग राखेका छन् । स्थानीय विनोद लम्सालका अनुसार कुइनेपानी क्षेत्रबाट भएर आउने ढल वा पानीको निकास वसपार्कदेखी तल्लो क्षेत्रमा छैन । त्यसैले सडक निर्माणमा स्थानीयहरुले नालाको निकास दिएर मात्रै सडक कालोपत्रे गर्न माग रोखेको लम्सालको भनाई छ ।


यता वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले तलको पानी माथि लैजान नमिल्ने भएकाले समस्या उत्पन्न भएको जानकारी दिए । उनले गण्डकीलाइनदेखी मंगलगढी र बसपार्कसम्मका तल्लो क्षेत्रका नागरिकहरुले ढल र वर्षातमा आउने बाढीको निकास नदिदा समस्या उत्पन्न भएको बताए । तर वीरेन्द्रनगरका डुवान क्षेत्रमा तत्कालका लागि नगरपालिकाले कच्ची नाला बनाएर निकास दिने काममा अग्रसर भएको बताएका सुवेदीले भने, ‘आजदेखी डुवान क्षेत्रको सर्भे गरेर वर्षातमा हुने जोखिमको अहिले नै समाधान खोज्ने रणनीतिमा लागेका छौं ।’ प्राकृतिक रुपमै जाने पानीको निकाश दिन स्थानीयलाई प्रमुख सुवेदीको आग्रछ । जवरजस्ती बस्तीमा ढल वा बाढी पसाउने नगरपालिकाको मनसाय नभएको उल्लेख गरेका सुवेदीको प्रश्न छ, ‘वर्षौदेखी यथास्थानबाटै निकाश भइरहेको पानी अहिले अर्को ठाउँबाट कसरी निकाश दिने ।’ नगरपालिकास्तरबाट हुने प्रयास जारी रहेकाले यस विषयमा माथिल्लो निकायमा समेत जानकारी गराउने सुवेदीको भनाई छ ।

के हो प्री–मनसुन ?

उपल्लो वायुमण्डलमा देखिएको स्थानीय प्रभाव र पश्चिमी वायुबाट सिर्जित न्यून चापीय वायुमण्डलको प्रभावलाई प्री–मनसुन भनिन्छ । कतिपय स्थानमा प्रि मनसुनी वर्षा (स्थानीय मौसम चक्रको प्रभाव) र मनसुनको जम्काभेट हुन्छ । पूर्वबाट प्रवेश गरेको मनसुनले बिस्तारै यो प्रणालीलाई धकेल्छ र मनसुन सक्रिय हुन्छ । बंगालको खाडीबाट पूर्वी नेपालहुँदै पश्चिम प्रवेश गर्ने मनसुनभन्दा अगाडी नेपालमा प्री–मनसुन सक्रिय हुन्छ । मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय सुर्खेतका प्रमुख निराजन सापकोटाका अनुसार प्री–मनसुनलाई वर्खामा सक्रिय हुने मनसुनलाई स्वागत गर्ने वायु भनिन्छ ।

बिहिबार वीरेन्द्रनगरममा झरेको पानी पनि प्री–मनसुन हो । कार्यालयले वीरेन्द्रनगरमा बिहिबार दिउसो ईत्राम मापन केन्द्रमा ९१ र एयरपोर्टमा ४७ मिलिमिटर वर्षा भएको मापन गरेको छ ।  ‘यस्तो मौसम केही दिनसम्म जारी रहन्छ’ कार्यालयका प्रमुख सापकोटाले भने,‘स्थानीय र पश्चिमी वायुको संयुक्त प्रभाव यो क्षेत्रमा एक÷दुई दिन देखिने भएकाले पानी पर्न सक्ने प्रक्षेपण गर्न सकिन्छ ।’

यो वर्षको मनसुन सक्रिय भएको छैन । तर विगतका वर्षभन्दा यो वर्ष ठिक्को वर्षात हुने सापकोटा बताउँछन् । ‘वर्षातमा पर्नुपर्ने पानी यो पटक पर्छ, तर त्यति ठूलो वर्षा यो पटक नहुने संकेत देखिएको छ ।’ बंगालको खाडीबाट शुरु हुने मनसुन यो पटक एक÷दुई दिन अघिदेखी नै सक्रिय हुने सापकोटाले जानकारी दिए । बंगालको खाडीमा हल्का मनसुन सक्रिय भएपनि एक हप्तामै थाहा हुने उनको भनाई छ । नेपालमा सामान्यतया अंग्रेजी महिनाको १० तारेखदेखि नेपालमा मनसुन सुरु हुने गर्दछ । भारतको केरला हुँदै पूर्वी क्षेत्रबाट नेपाल प्रवेश गरेको मनसुन विस्तारै देशभर फैलिन्छ । मनसुन अवधिभर एक हजार चारसय २२ मिलिमिटर पानी पर्नुलाई सामान्य मनिने गरेको सापकोटा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह