2026-07-24 08:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभामा बजेटमाथि छलफल जारी

जेठ १८ काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५÷७६ को बजेटमाथिको छलफल जारी छ । 

छलफलमा नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विकास र समृद्ध मुलुकको सपनालाई विपनामा बदल्न बजेटमा त्यस्ता कार्यक्रम नल्याइएको टिप्पणी गर्नुभयो । 

बजेटले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा निर्देश गर्न नसकेको भन्दै पूर्व अर्थमन्त्रीसमेत रहनुभएका उहाँले बजेटमा प्राथमिकता किटान र विश्वसनीयताका आधार राख्न नसकेको तथा जनतामा आशाको सञ्चार जगाउन नसकेको बताउनुभयो । वैदेशिक लगानी तथा रोजगार वृद्धि गर्ने ठोस आधार नरहेको र वितरणमुखी योजना रहेको बताउँदै सांसद कार्कीले राष्ट्रपति महिला उत्थान कोष र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सरकारले आफ्ना कार्यकर्ता पोस्ने बाटो खोलेको आरोप लगाउनुभयो । सम्माननीय पदलाई विवादमा ल्याउन नहुने उहाँको धारणा थियो । 

ज्येष्ठ नागरिक र गम्भीर प्रकृतिका बिरामीका लागि काँग्रेस नेतृत्वको तत्कालीन सरकारले गरेका काम बजेटमा उल्लेख नगरिएको भन्दै सांसद कार्कीले आपत्ति जनाउनुभयो । 

नेपाल कम्युनिष्ट पार्टीका अग्निप्रसाद सापकोटाले बजेटले नेपाली मौलिकताअनुसारका कार्यक्रम अघि बढाएको, प्राथमिकता निर्धारण गरेको, रोजगारका कार्यक्रम ल्याएको, ठूला आयोजनालाई प्राथमिकतामा राखेको, हरेक प्रदेशमा शिक्षण अस्पताल खोल्नेलगायत कार्यक्रम रहेको भनी प्रशंसा गर्नुभयो । 

बजेट सकारात्मक भए पनि घोषणापत्रमा प्रतिबद्धता गरेका नीति तथा कार्यक्रम र नेताहरुले प्रतिबद्धता गरेका विषयलाई भने अग्रगामी फड्को मार्न नसकेकाले जनतामा कम उत्साह देखिएको बताउनुभयो । 

बजेट सफल रुपमा निर्माण गर्न ज्ञान र राजनीति दुवै आवश्यक पर्छ तर अर्थमन्त्रीको यसमा राजनीतिक सुझबुझमा कमी देखिएको धारणा व्यक्त गर्दै उहाँले बजेटले भूकम्पपछिको पुनःनिर्माण र अरनिको राजमार्ग मर्मत र विस्तारका लागिसमेत आवश्यकताअनुसारका कार्यक्रम ल्याउन नसकेको बताउनुभयो । 

सोही पार्टीका खगराज अधिकारीले आधुनिक र समृद्ध नेपाल निर्माणका लागि बजेटले शिक्षा, स्वास्थ्य, रोजगार र भौतिक पूर्वाधारको विकासमा बजेटले प्राथमिकता निर्धारण गरेको बताउनुभयो । 

उहाँले समान कामको समान ज्याला, विदेशबाट फर्केर आएका युवालाई सहुलियत दरमा ऋण दिने, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रम भएकाले बजेट अग्रगामी भएको चर्चा गर्नुभयो । 

पूर्व मन्त्रीसमेत रहनुभएका सांसद अधिकारीले बजेटले विपन्न र दलित समुदायको सीप सम्बोधनका लागि कार्यक्रम ल्याएकाले बजेट समाजवादतर्फ उन्मुख भएको बताउनुभयो । 

राष्ट्रिय जनता पार्टी नेपालका सांसद महेन्द्रप्रसाद यादवले राजनीतिक सहमतिबिना आर्थिक समृद्धि नहुने भन्दै बजेटले प्रदेश र स्थानीय तहमा उत्साह जगाउने खालको कार्यक्रम नदेखिएको बताउनुभयो । 

पूर्व मन्त्रीसमेत रहनुभएका सांसद यादवले जनसंख्याअनुसार बजेटको व्यवस्था गर्नुपर्ने, बाढीपीडितका लागि पनि प्राधिकरण गठन हुनुपर्ने माग गर्दै बजेटका कार्यक्रम हेर्दा केन्द्रीकृतजस्तो देखिएको टिप्पणी गर्नुभयो । 

उहाँले कृषि र सिँचाइमा पर्याप्त बजेटको व्यवस्था गर्न नसकेको बजेटले तराई मधेशलाई पनि उपेक्षा गरेको टिप्पणी गर्दै पर्यटन र जलस्रोत नै मुलुकको समृद्धिको आधार भएकाले त्यसमा आधारसहितका कार्यक्रम अघि सानुपर्ने सुझाव दिनुभयो । 

संघीय समाजवादी फोरम नेपालका सांसद विमलप्रसाद श्रीवास्तवले किसानलाई के आवश्यक छ, कसरी उत्पादन बढाउने भन्ने कुरा बजेटमा देखिएन, मजदुरको समस्या के छ, के सुविधा दिने केही छैन भन्नुभयो । 

बजेटमा राष्ट्रसेवक कर्मचारीको मनोबल बढाउने सम्बन्धमा पनि केही व्यवस्था नभएको भनी आलोचना गर्दै सांसद श्रीवास्तवले जीवन धान्न सक्ने तलबको व्यवस्था गर्न सुझाव दिनुभयो । 

मुलुकभर तुइन विस्थापन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको यसअघि कै घोषणा अझै कार्यान्वयन हुन नसकेको बताउँदै उहाँले जनता आवास निर्माणको कार्यक्रमका लागि पर्याप्त बजेटमा व्यवस्था नभएको टिप्पणी गर्नभयो । 

अर्थमन्त्री डा युवराज खतिवडाले यही जेठ १५ गते संघीय संसद्मा आगामी आवको राजश्व र व्ययको वार्षिक विवरण प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभामा बजेटमाथिको छलफल बिहीबारदेखि शुरु भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक