2026-07-25 02:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकसेवा आयोगले निर्माण गर्‍यो तीनवर्षीय रणनीतिक योजना

जेठ २२, काठमाडौँ | लोकसेवा आयोगले सातै प्रदेशमा संगठनलाई व्यवस्थित बनाउन तीनवर्षीय ‘रणनीतिक योजना’ निर्माण गरेको छ । 

करीब एक वर्षमा आयोगका कर्मचारी र विज्ञको सुझाव र समन्वयमा उक्त योजना तयार गरिएको र आयोगको ६८ औंँ वार्षिकोत्सवका अवसरमा आगामी असार १ गते सार्वजनिक गरिने सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो । 

संघीय परिवेशमा आयोगको विश्वसनीयतालाई कायम राख्ने, योग्यता प्रणाली निर्धारण गर्ने, प्रशासनिक जनशक्तिलाई प्रविधिमैत्री बनाउने लगायत विषय योजनामा समावेश गरिएको छ । वार्षिकोत्सव मनाउन आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको संयोजकत्वमा आठ सदस्यीय समिति निर्माण गरिएको छ । 

यसैबीच सरकारी सञ्चारमाध्यमका प्रतिनिधि र आयोगको प्रचारप्रसार उपसमितिको आज बसेको बैठकले वार्षिकोत्सवका अवसरमा संगठनको इतिहास र विभिन्न गतिविधि ‘गोरखापत्र’मा प्रकाशन गरिने निर्णय गरेको छ । आयोगले रेडियो नेपालबाट परिसंवाद कार्यक्रम चलाउने तथा निजी राष्ट्रिय दैनिक तथा विद्युतीय सञ्चारमाध्यमलाई संगठनको वार्षिकोत्सवका सन्देश तथा सूचना प्रवाहका लागि आग्रह गरेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक