२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

खुलेआम गुड्ने भारतीय नम्बर र अन टेस्ट सवारीसाधनहरुमा कडाइ गरिने

२०७५, २३ जेष्ठ बुधबार ०४:१२

जेठ २३, सर्लाही | सर्लाहीका प्रमुख जिल्ला अधिकारी दोर्ण पोखरेलले जिल्लामा खुलेयाम गुडिरहेका भारतीय नम्बर प्लेटका सवारी साधनमा कडाई गरिने बताउनुभएको छ ।

उहाँले यस बिषयमा एक साता भित्र सर्बदलिय बैठक राखेर आवश्यक गृहकार्य थालीने बताउनुभएको छ । धेरै समय अगाडि देखि जिल्लामा यस विषयले चर्चा पाईरहेको छ । केही समय अगाडी भारतीय नम्बर प्लेट तथा अन टेस्ट गाडीको अवाञ्छित प्रयोग बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले त्यस्ता सवारी साधनहरुलाई जहाँ भेट्यो त्यहीँ बाट कारवाही गर्ने बताएको थियो र एकदिनको लागि गरेको पनि थियो ।

जिल्लामा घटेका आपराधिक घटनाहरुमा भारतीय नम्बर प्लेट र अनटेस्ट गाडीको संलग्नता पाइएपछि जिल्ला प्रहरी कार्यालय सर्लाही बाट खटिएका शुरक्षाकर्मी तथा ट्राफिक प्रहरीले त्यस्ता गाडीहरुको प्रयोगमा कडाई गर्ने बताइए पनि अहिले सम्म उक्त निर्णयको प्रभावकारी कार्यान्वयन नभएको समाजसेवी सत्यनारायण यादवले बताउनुभयो ।

खुला सीमानाको फाइदा उठाउँदै भारतबाट नेपाल भित्रिएका सवारी साधनको मद्दतले जिल्लामा अपराधिक क्रियाकलापहरु बढेको धेरैले अनुमान गरेका छन । जिल्लामा घटेका लुट, हत्या, अपहरण, गोलीकाण्ड, लागुऔषध ओसार (पसार र दुर्घटना जस्ता आपराधिक गतिविधीहरुमा भारतीय र अनटेस्ट सवारीक साधनको संलग्नता रहेको पाइए पनि जिल्लामा हाल सम्म त्यस्ता सवारिलाई नियमन गर्ने निकाय मौन देखिन्छन् ।

प्रजिअ पोखरेलले त्यस्ता सवारीसाधनहरुलाई कारवाही गर्नको लागि जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई खवर गरिसकेको साथै सम्बन्धित सबै निकायमा पनि यस बिषयमा जानकारी गराउन र सतर्क रहन निर्देशन समेत दिइसकेको बताउनुभयो । अबको एक साताभित्र सर्वदलिय बैठक बसी सम्बन्धित सबै निकायमा खबर गरि ८ देखि १० दिनको भित्रमा कारवाही प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी