Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रसुवाका भन्सार अधिकृतले घुस खान नपाएपछि…

२०७५, २३ जेष्ठ बुधबार ०६:२५

जेठ २३ रसुवा । रसुवा भन्सार कार्यालय हुँदै व्यपारव्यवसायी गर्दै आएका व्यपारी तथा व्यवसायीसँगै मजदुरहरु मारमा परेका छन् । भन्सार अधिकृत भिमराज आङदम्बेको व्यवहारका कारण उक्त भन्सार कार्यालय हुँदै व्यापारव्यवसाय गर्नेहरु मारमा परेको गुनासो बढेको हो ।


मुख्यतः चीनबाट नेपालका लागि आयातको काम गर्दै आएका व्यापारी तथा व्यवसायीहरु आङ्दम्बेको ‘व्यापारीमारा व्यवहार’का कारण मारमा परेको व्यापारीहरु बताउँछन् । 

‘घुस खाएर बढी भन्सार भएको सामानलाई सस्तो भन्सार लगाएर छुटाउन पल्केका आङ्दम्बेले अहिले घुस खान नपाएपछि व्यापारीलाई अनावश्यक दुख दिन थालेका छन् ।’ उक्त नाकाहुँदै व्यापार गर्दै आएका एक व्यापारीले भने, ‘घुस खान नपाएपछि विभिन्न बहानामा भन्सार नै हुन नदिने गर्न थालेका छन् ।’

उक्त नाकाहुँदै व्यापार गर्नेहरु अहिले आक्रोशित भएका छन् । इमानदारपूर्वक राज्यले तोकेको भन्सार तिरेर सामान आयात गर्न पनि अहिले समस्या भइरहेको व्यपारीहरुको गुनासो छ । ‘हामी निकै मारमा परिसक्यौं । सहनै नसक्ने स्थिति आइसक्यो ।’ आक्रोशित हुँदै ती व्यापारीले भने, ‘घुस लिन–दिन नपाएपछि हामीलाई सताउँन पाइन्छ रु अब त अति भयो हामी यसै चुप लागेर बस्न नसक्ने भइसक्यौं ।’

व्यापारीले सहजै व्यापार गर्ने वातावरण नभएपछि मजदुरी गर्दै आएकाहरु पनि मारमा परेका छन् । ‘एक गाडि सामानको भन्सार गर्न महिनौं लागाईदिन्छ । त्यो अवधिमा हामीले के गर्ने रु’ मजदुरले पीडा पोखे ।

भन्सार अधिकृत आङदम्बेको छबि पहिला पनि धमिलिइसकेको छ । यसअघि सिन्धुपाल्चोकको तातोपानी भन्सार कार्यालयको मूल्यांकन फाँटमा काम गरेका उनी अहिले रसुवा भन्सारको पनि सोही फाँटमा कार्यरत छन् । माओवादी नेता कृष्णबहादुर महरासँग निकट सम्बन्ध भएका उनले जागिर गरेको ६ वर्षको अवधिमा प्रशस्त ‘अकुत धन’ आर्जन गरेको बताइन्छ । स्रोतका अनुसार उनले घरजग्गा व्यवसायी माधवनाथ सापकोटामार्फत् आफ्नो ‘कालो धनलाई सेतो बनाउने’ काम गर्ने गरेका छन् । उनले हालसालै भक्तपुर रकीर्तिपुरमा एक–एक रोपनी जग्गा जोडेको बताइएको छ । उनले अवैध बाटोबाट कमाएको सम्पत्ति आफ्नी साली र ससुरालीको नाममा राखेको उनका निकटस्थ स्रोतले जनाएको छ ।

भन्सारको मूल्यांकन फाँटमा उनले गरेका काम पटक–पटक विविदित हुँदै आएको छ । २०७४ बैशाख ७ गते उनले मूल्यांकन पास गरी रसुवा भन्सारबाट छुटाएको सामान राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो । विभागले अनुसन्धानपछि उक्त सामान मूल्यांकन छलेर ल्याएको प्रमाणित गरेको थियो । उक्त सामानबापत विभागले ८ लाख ५० हजार रुपैयाँ बिगो समेत तिराएको थियो । उक्त सामान क्यारिङ व्यवसायी केशव कँडेलसँग पाँच लाख रुपैयाँ घुस लिएर अधिकृत आङदम्बेले जाँचपाँस गराएको पुष्टि भएको थियो ।  यसको प्रमाण राजश्व अनुसन्धन विभागको शाखा नम्बर तीनमा अझै सुरक्षित रहेको बताइएको छ ।

उनले वैध्अवैध तरिकाले कमाएको वा असुलेको सम्पत्तिबारे बुझ्न उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘१३ पाना’ भराए स्पष्ट हुने निकटस्थहरुको बुझाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै